spot_img

साउनभर रेसुङ्गामा मेलामा ५० हजार पर्यटकको उपस्थिति

गुल्मीको धार्मिक एवम् पर्यटकीय स्थल रेसुङ्गामा ५० हजार पर्यटक पुगेका छन् । साउन महिनाभर लागेको साउने मेलामा ५० हजारभन्दा बढी पर्यटक पुगेका हुन् । विगतका दुई बर्ष कोरोना महामारीका कारण रोकिएको मेला यो बर्ष विधिवत रुपमा संचालन गरिएको थियो । रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालका अनुसार जिल्लाका विभिन्न स्थानका साथसाथै पाल्पा, अर्घाखाँची, बाग्लुङ, नवलपरासी, कपिलवस्तु, काठमाडौ लगायतका स्थानबाट रेसुङ्गाको अवलोकन गर्न मानिसहरु आएका थिए । रेसुङ्गामा रहेको पोखरीमा साउन महिनाभर स्नान गर्नाले अञ्जानमा गरिएका पापहरु नष्ट हुने विश्वास छ । पोखरीमा स्नान गरी सिद्धको मन्दिरमा गएर दर्शन गर्नाले पितृहरुको उद्धार हुने धार्मिक विश्वास छ । एक महिनाभर यज्ञशाला सिद्धको मन्दिरमा धार्मिक प्रवचनसँगै रुद्री, चण्डी र शिवजीको दैनिक पूजा, वेद, पारायण विधिवत रुपमा हवन गर्ने र वटुकहरुबाट विभिन्न कार्यक्रम पनि गरिएको भुसालले बताए । रेसुङ्गामा साउनको तेस्रो शनिबार भजन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।
रेसुङ्गा समुद्र सतहबाट आठ सयदेखि दुई हजार ३५० मिटर उचाईसम्म रहेको छ । सदरमुकाम तम्घास बजारको शिरमा रहेको पहाडमा त्रेता युगमा महर्षी ऋष्यश्रृङगले आश्रम बनाई साधना गरेकोले उनै ऋषीको नामबाट पहाडको रेसुङ्गा रहन गएको किम्बदन्ती छ । रेसुङ्गाको शिरमा ४० फिट अग्लो भ्यू टावर रहेको छ । जसबाट अन्नपूर्ण प्रथम, दोस्रो, तेस्रो, धवलागिरी, माछापुच्छ«े लगायतका हिमशृङ्खलाको प्रत्यक्ष अवलोकन गर्न सकिन्छ । त्यसका साथै गुल्मीका अधिकाशं ठाउँका साथसाथै बाग्लुङ, स्याङ्जा, अर्घाखाँची, पाल्पा र प्युठानसम्मको स्थान रुपले देख्न सकिन्छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर