कपिलवस्तु प्रहरीको सिआइडी हु भन्दै ठगी गर्ने २ युवा पक्राउ
कपिलवस्तु जिल्लाको बाणगंगामा प्रहरीको घुमुवा (सि आइ डी ) हु भन्दै ठगी गर्ने २ युवा पक्राउ परेका छन ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं.२ पिपरा बस्ने वर्ष ३२ को ऋषिराम घिमिरे र सोही वडाको कप्टैया बस्ने वर्ष ३२ को जीवन थापालाई प्रहरीले पक्राउ गरेको हो ।
हामी इलाका प्रहरी कार्यालय पिपराबाट आएका सि.आई.डि. हौं तपाईको घरकोठा खानतलासी गर्नु पर्ने छ भन्दै एक स्थानियको घरमा प्रवेश गरि खानतलासी गरि रु.१७०००।– (सत्र हजार) लिई हिडेको भन्ने सुचनाको आधारमा निजहरुलाई खोज तलास गर्दा २६ गते बेलुका जिल्ला कपिलवस्तु बाणगंगा नगरपालिका वडा न. २ राजपुर स्थित खेल मैदानमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
उनीहरुलाई कपिलवस्तु जिल्ला अदालतबाट दिन ५ (पाँच) को म्याद थप लिई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।