spot_img

सैनामैना ७ बुद्ध स्कुलमा स्पोर्ट मिट सुरु

बुद्ध स्कुलमा स्पोर्ट मिट सुरु
प्रदिप ज्ञवाली
माघ २४
सैनामैना । बुद्ध ईङ्गलिस स्कुलमा “स्पोर्ट मिट” कार्यक्रम सुरु भएको छ । सैनामैना ७ देउवापारमा रहेको उक्त विद्यालयम आज(बिहीबार)देखि माघ २७ गतेसम्म विभिन्न खेलहरु सञ्चालन हुनेछन । विद्यार्थीमा रहेका अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ स्पोर्ट मिट हरेक वर्ष जस्तै यश वर्ष पनि आयोजना गरिएको विद्यालयका प्रिन्सिपल लेखनाथ गैरेले जानकारी दिनुभयो ।

आज विद्यालयमा एक कार्यक्रमको आयोजना गरि “स्पोर्ट मिट”को औपचारिक शुभारम्भ गरिएको हो ।

विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक बालकृष्ण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको शुभारम्भ कार्यक्रमको प्रमुख अतिथी विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिमराज पोख्रेल तथा विशिष्ठ अतिथी विद्यालयका प्राचार्य लेखनाथ गैरे रहनुभएको थियो । शिक्षक शुसिल घिमिरेको सञ्चालनमा स्कुल प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर