सोमार्जुन प्रतिष्ठानद्वारा रक्तदान कार्यक्रम
रुपन्देही, माघ १६ – सहिद दिवसको अवसरमा सोमार्जुन प्रतिष्ठानले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । तिलोत्तमा नगरपालिका–३, सीता राइस मिलस्थित संस्थाको कार्यालय परिसरमा बिहान ९:३० बजे देखि १२:३० बजे सम्म कार्यक्रम सञ्चालन भएको थियो ।
कार्यक्रमको आयोजना सोमार्जुन प्रतिष्ठानले गरेको हो भने सह-आयोजकमा रोयल एकाउन्टिङ एण्ड कन्सल्टिङ प्रा.लि. रहेको छ । प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार सेवा केन्द्र, भैरहवाले गरेको छ । सहयोगी संस्थाहरुमा नेपाल नियमित रक्तदाता संघ रूपन्देही, मिगन लाइफ, पाठक फुड प्रोडक्ट्स प्रा. लि. तथा क्लोथ एंड फूड बैंक नेपाल रहेका छन् ।
कार्यक्रममा ४० युनिट रक्त संकलन गरिएको आयोजकले जनाएको छ । कार्यक्रमको अध्यक्षता सोमार्जुन प्रतिष्ठानका अध्यक्ष श्री सोमनाथ पाठकले गर्नुभएको थियो । प्रमुख अतिथिमा तिलोत्तमा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्री कल्याण पौडेल रहनुभएको थियो । विशिष्ट अतिथिमा पाठक फुड प्रोडक्ट्स प्रा. लि. का सञ्चालक श्री तेज कुमार पाठक तथा रोयल एकाउन्टिङ एण्ड कन्सल्टिङ प्रा.लि. का अध्यक्ष श्री प्रकाश काफ्ले उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, अतिथिहरूमा रेडक्रस भैरहवाका पदम बस्याल, नेपाल नियमित रक्तदाता संघ रूपन्देहीका श्री आशेश सिलवाल र लायन्स क्लब अफ शंकरनगरका अध्यक्ष श्री पुरुषोत्तम आचार्यको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजन तथा सञ्चालन सोमार्जुन प्रतिष्ठानका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत श्री अर्जुन पाठकले गर्नुभएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई आयोजक संस्थाले विशेष धन्यवाद दिएको छ ।