spot_img

२७ लाख भन्दा बढि मूल्यका अबैध सामग्री बरामद

२७ लाख भन्दा बढि मूल्यका अबैध सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छलि गरि ल्याईएका करिब साढे २७ लाख मूल्य बराबरका अबैध सामान बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरी टोलीले सियारी गाउँपालिका वडा नं. ७ बगैंचास्थितमा चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो।भन्सार नबुझाई भारतबाट अबैध रुपमा नेपाल ल्याईएका उक्त सामानमा सात हजार ८५० पिस आईफोनको चार्जर केबल, ६ हजार २०० पिस एयरफोन, चारहजार ९०० पिस बिभिन्न किसिमका मोबाइलका ग्लास र ६८० मिटर मखमलको कपडा रहेको छ।

बरामद गरिएका सामग्रीको बजार मूल्य २७ लाख ४२ हजार बरावर रहेको प्रहरीले जनाएको छ। बरामद गरिएका सबै सामग्रीलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले जानकारी दिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर