spot_img

लायन्स क्लब सैनामैना मलमलाद्वारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न

लायन्स क्लब सैनामैना मलमलाद्वारा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न
प्रदिप ज्ञवाली
पुस २८ आइतबार
सैनामैना । सैनामैनामा रहेको लायन्स क्लब अफ सैनामैम मलमलाको आयोजनाम न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । म्याल्भिन विन जोनको १४६ औँ जन्मजयन्तीको अवसरमा सैनामैना नगरपालिका वडा नं ७ मा पर्ने एकता टोलमा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरिएको क्लवका सल्लाहकार लेखनाथ गैरेले जानकारी दिनुभयो ।

कार्यक्रम लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष लायन्स तीर्थराज डुम्रेको अध्यक्षतामा भएको हो भने क्लबका प्रथम उपाध्यक्ष जीवन घिमिरेको संयोजकत्वमा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएकी लायन्स डिस्ट्रिक्ट ३२५ पि एरिया ४ जोन ३१ का जोन चियर पर्सन सुशीला शर्मा पन्तले निम्न वर्गका वर्गका मानिसहरुका निमित्त गरिएको समयानुकूल कार्यक्रमको प्रसंशा गर्नुभयो ।
क्लवका अध्यक्ष तीर्थराज डुम्रेको अध्यक्ष्यता, लायन्स डिस्ट्रिक्ट ३२५ पि एरिया ४ जोन ३१ का जोन चियर पर्सन सुशीला शर्मा पन्तको प्रमुख आतिथ्यता , वडाका जनप्रतिनिधि बालकृष्ण पौडेलको विशिष्ट आतिथ्यता, क्लबका सल्लाहकार लेखनाथ गैरे, एकता टोलका अध्यक्ष फर्शबहादुर पोखरेल, रामनगर टोलका अध्यक्ष रूपलाल पोख्रेल, समाजसेवी शुकदेव ज्ञवाली , खिमराज पोख्रेल, साथै लायन्स क्लब अफ सैनामैना मलमलाका सम्पूर्ण लायन्सहरूको उपस्थिति साथै टोलका सम्पूर्ण टोलबासीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम क्लबका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक जीवन घिमिरेको स्वागत एवम् सचिव ज्ञानु पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर