नेपाल रेडक्रस सोशाईटी कञ्चन उपशाखाको ९ औं बार्षिक साधारण सभा सम्पन्न
गोबिन्द आचार्य २६ पौष २०८१ कञ्चन
नेपाल रेडक्रस सोशाईटी कञ्चन उपशाखाको साधारण सभा सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच रेडक्रस सोसाईटी कञ्चन उपशाखाको ९ औँ बार्षिक साधारण सभा कञ्चन ४ रेडक्रस सोशाईटी कञ्चन उपशाखाको प्राङ्गणमा सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखा सभापति तुल बहादुर थापाको अध्यक्षता तथा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी ढकालले रेडक्रस सोसाइटी बिशुद्ध मानव सेवा, आपतविपद र विनाशकारी समयमा सेवा गर्ने संस्था भएको बताउनु भयो । साथै उहाँले यस रेडक्रस संस्थालाई हिजोको समयमा पनि सहयोग गरेको र आगामी दिनहरुमा पनि पालिकाको सहयोग रहने बताउनु भयो ।
९ औँ बार्षिक साधारण सभाको अवसरमा नेपाल रेडकरस सोसाइटी कञ्चन उपशाखा रुपन्देहीद्वारा यही पौष ११ गते आयोजित कविता वाचन प्रतियोगितामा प्रथम हुन सफल श्री लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालयका छात्र पवन सुवेदी र छात्रा सुस्मिता पौडेल यसैगरी द्वितीय हुन सफल बुद्धदिप माध्यमिक विद्यालयका छात्र प्रविण भण्डारी र छात्रा बिमला पुरी त्यसैगरी तृतीय हुन सफल श्री दुर्गा माध्यमिक विद्यालयका छात्र श्रीराम कार्की र छात्रा मोनिका घर्ती मगर लाई पुरस्कार वितरण गरिएको थियो ।
उपसभापती हेमा बेलबासेको स्वागत तथा सदस्य कल्पना गिरीले रेडक्रसको ७ शिद्धान्तको पाठ गर्नुभएको थियो । सभापति तुल बहादुर थापाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सचिव शसिधर सापकोटाले संचालन गरेको कार्यक्रमा कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगर, कञ्चन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष टिकाराम सापकोटा, वडा नम्बर १ का वडा अध्यक्ष हरिनारायण थारु, कन्चन गाउँपालिका कार्यपालिका सदस्य तथा प्रवक्ता चित्रलाल तुलाचन, कञ्चन गाउँपालिका कार्यपालिका सदस्य खगिसरा शर्मा, सुकमाया दर्जी, संस्थाका पूर्व सभापति गङ्गालाल पौड्याल लगाएत रेडक्रसकर्मीको सहभागिता रहेको थियो ।
नेपाल रेडक्रस सोशाईटी कञ्चन उपशाखाको ९ औं बार्षिक साधारण सभा सम्पन्न
प्रतिक्रिया