पाल्पामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ।
तिनाउ गाउँपालिका–२ पाँचकुण्डा बस्ने ५५ वर्षीया रीमा सारूको रूखबाट लडेर मृत्यु भएको छ। घरपछाडि खेतमा रहेको खन्यूँको रूखमा चढेर घाँस काट्ने क्रममा लडेर गतराति करिब ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेले बताए।
यसैगरी बगनासकाली गाउँपालिका–२ पोखराथोक ठूलिचौपारीस्थित नव कमल निर्माण सेवा प्रालिमा काम गर्ने एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिया गेरुवा गाउँपालिका–२ उल्टनपुरका ३५ वर्षीय मायाराम थारू रहेको प्रहरी निरीक्षक बेल्बासेले बताए।
बुधबार दिउँसो करिब १२ बजे उनी सुत्ने कोठामा मृत फेला परेको उनले बताए। दुबै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।