ग्लोबल च्यारिटि मोमेन्ट सेवामूलक काममा अगाडि बढ्दै
सत्मार्ग एउटा ग्लोबल च्यारिटि मोमेन्ट हो जसले नेपालमा जन्मेर विश्वभरि सेवाको भाव लिएर फैलिदै गरेको छ । संस्थामा आबद्ध व्यक्तिहरु विशेषत: आध्यात्मिक रुचि,चिन्तन राख्नुभएको कारणले उहाँले गर्ने सहयोग निस्वार्थ हुने गर्दछ । आफूलाई अरुप्रति सपर्पित गर्ने निस्वार्थ भाव राखेर यस संस्थाले युवा साथीहरूलाई अगाडि बढ्नको लागि प्रेरित गर्दछ । यस संस्था नेपाल जस्तो देव भूमिमा जन्मिएर आफू मात्र बाच्ने नभइ अरुलाई बचाउने ऋषि मुनिहरुको ज्ञान अनुसार त्यसलाई आत्मसात् गर्दै विश्व भर अगाडि बढ्दै च्यारिट सेवामूलक कार्यक्रमहरु गर्दै आएको संस्थाका अध्यक्ष गुरुदत्त लामिछानेले जानकारी दिनुभयो ।
यसैबिच सत्मार्ग ग्लोबल च्यारिटि मोमेन्टले सोमबार सैनामैनामा रहेको बौद्धिक अपाङ्ता सेवा केन्द्रमा सहयोग गरेको छ । च्यारिटि मोमेन्टले खाद्यान्न, लत्ताकपडा, मन्जन लगायतका सामाग्रीहरु प्रदान गरेको संस्थाका सक्रिय सदस्य असिम खनालले जानकारी दिनुभयो ।
संस्थाले स्थापना कालदेखि नै विशेषत: अन्न दान, शिक्षामा सेवा तथा वस्त्र दानहरु, आपतविपद्मा पर्नुभएकाहरुको लागि उद्धारको कार्यक्रम, राहत वितरण एवं अपांग भएकाहरुलाई समेत सहयोग गर्दै आएको छ ।