spot_img

कन्चन १लौसा मा सि लेवलको ब्याडमिन्टन खेल पौष २७ गते देखि हुँदै

रुपन्देहीको कञ्चनमा वडा न १ लौसा न्युमुनलाईट युवा क्लब को भवन नजिकै रहेको ग्राउन्डमा सि लेवल व्याडमिन्टन प्रतियोगिता हुने भएको छ। पुस २७ गते शनिवार कञ्चन गजेडी ब्याडमिन्टन क्लबले आफ्नो वार्षिक उत्सवको अवसरमा दोश्रो सि लेभल व्याडमिन्टन प्रतियोगिता संचालन गर्ने भएको हो।

कञ्चन गजेडी ब्याडमिन्टन क्लव, कञ्चन १ लौसाद्वारा प्रेसित सूचनामा क्लवको स्थापनाको दोश्रो बर्ष प्रवेशको अवसरमा प्रतियोगिता संचालन गर्न लागेको र उक्त प्रतियोगितामा ब्याडमिन्टन खेलाडीहरुलाई सहभागिताका लागि आव्हान गरिएको छ।

कञ्चन गाउँपालिका स्तरीय प्रतिायेगितामा विजेता टिमले नगद १५ हजार रुपैया सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन भने द्वितीय हुने टिमले ७ हजार, र तृतीय हुने टिमले नगद ३ हजार रुपैया सनि मेडल र प्रमाण पत्र पाउने क्लवद्वारा प्रेसित सूचनामा उल्लेख गरिएको छ। यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ हजार ५ सय रुपैया सहितमेडल र प्रमाण पत्र समेत प्राप्त गर्नेछन।

कञ्चन १, लौसा स्थित न्यू मुनलाइट युवा क्लबको खेल मैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि पुस २६ गते सांझ ६ः३० बजेसम्म टिम दर्ता गर्न सकिने क्लवका खेल संयोजक कृष्ण सुवेदीले जानकारी दिनु भएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर