शितलहरले सडक चिप्लो भएपछि दाउन्ने अडकीए सवारी साधनअत्याधिक शितलहरका कारण महेन्द्र राजमार्ग अन्तरगत नवलपरासी दुम्किवास दाउन्ने सडक खण्डमा सबारी साधन अडकीएका छन्।
गएराती देखि परेको शितलहरले सडक हिलाम्मे हुदा पुर्व पश्चिम चल्ने सवारी साधनहरु चिप्लीएपछि सडकमा सवारी साधनहरु चल्न नसकेको प्रहरीले बताएको छ।लुम्विनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार गएराती साढे १२ बजे पछि दुवै नवलपरासीको दुउन्नेबाट पुर्व जाने र पश्चिम जाने दुवै तर्फका सवारी साधनहरु चल्न सकेका थिएनन्।
शित लहरका कारण सडकमा चिप्लिने अवस्था भएपछि दाउन्नेमा जम्मा भएका सवारी साधनहरु बिहान साढे ४ बजे बाट दुवैतर्फ सुचारु भएपनि बिहान करिव पौने ७ बजेबाट दाउन्नेबाट पुर्व तर्फ जाने सवारी साधनहरु गुडन नसकको लुम्विनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले बताए।
शितलहरले सडक चिप्लो बनेको छ, सडक प्रयोगकर्ताहरुलाई सावधानी सहित सवारी चलाउन आग्रह गरेका छौं, अहिले पुर्वतर्फबाट पश्चिम जाने सवारी साधनहरु सञ्चालनमा आएको भएपनि पश्चिमबाट पुर्व जाने सवारी साधनहरु दाउन्नेमा अडकीएका छन् उनले भने।खत्रीका अनुसार दाउन्नेबाट पुर्वतर्फ ओरालो लागेपछि शितलहर अत्याधिक भएका कारण सडक नदेखिने र हिलाम्मे भएका कारण सवारी साधनहरु चिप्लीएर दुर्घटना हुने खतरा देखिए पछि दाउन्नेमै रोकिनुपर्ने अवस्था आएको हो।