spot_img

चर्चामै सीमित भयो शक्तिखोर औद्योगिक क्षेत्र

२ भदौ, चितवन । तत्कालीन नेकपा (माओवादी)का लडाकुहरुको तेस्रो डिभिजन बसेको शक्तिखोरमा औद्योगिक क्षेत्र बनाउने सरकारले घोषणा गरेको ६ वर्ष वित्यो । काम भने कागजमा सीमित भएको छ । सरकारी कार्यालयहरुबीच समन्वय नहुँदा औद्योगिक क्षेत्र बनाउने काम अगाडि बढ्न सकेको छैन ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री रहेको बेला ३ फागुन २०७३ को मन्त्रिपरिषद् बैठकले शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । सरकारले विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारेर स्वीकृत गराई परियोजना अगाडि बढाउने जिम्मेवारी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई दिएको थियो । त्यसअनुसार, डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) समेत २०७७ जेठमै वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरिसकेको छ । तर, प्रदेश सरकार मातहतको वन निर्देशनालयले परियोजना रोकिदिएको नेपाल उद्योग संघ, चितवनका अध्यक्ष त्रिलोचन कँडेल बताउँछन् ।

‘संघीय सरकारले अगाडि बढाउन चाहेको औद्योगिक क्षेत्रको काम बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वन निर्देशनालयको ७ माघ २०७७ को पत्रले रोकिदिएको अवस्था छ’, उनले भने ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर