spot_img

रुद्रपुर माध्यमिक विद्यालयकोे स्वर्ण महोत्सव सुरु प्राविधिक धारको पढाई हुने

गोबिन्द आचार्य कन्चन
रुद्रपुर माध्यमिक विद्यालयकोे स्वर्ण महोत्सवको समुद्घाटन, “विना शिक्षा अध्यारो समाज, घर घरमा पुर्याऔं प्राविधिक शिक्षाको आवाज” भन्ने मुल नारा
२०८१ पौष २२ ÷कञ्चन रुपन्देही ÷ गोबिन्द आचार्य ÷ रुपन्देहीको कञ्चन गाउँपालिका वडा न. ४ अस्नैया स्थित रुद्रपुर माध्यमिक विद्यालयले “विना शिक्षा अध्यारो समाज, घर घरमा पुर्याऔं प्राविधिक शिक्षाको आवाज” भन्ने मुल नाराका साथ स्वर्ण महोत्सव आयोजना गरेको छ ।
विद्यालय स्थापनाको ५० औं वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको ५ दिने महोत्सवको आज एक भव्य समारोहका बिच लुम्बिनी प्रदेशका भौतिक पुर्वधार तथा बिकास मन्त्री भुमिशोर ढकालले समुद्घाटन गर्नुभएको छ ।
विद्यालय प्रांगणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षतामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री ढकालले शिक्षाको विकास नै समाज विकासको मूल आधार भएको बताउँदै शैक्षिक प्रगतिका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो ।
साथै मन्त्री ढकालले भन्नुभयो “यो विद्यालय एउटा रुखको छारीबाट सुरु भएर आज ५० वर्षमा पुग्दैछ यो ५० औं वर्षमा यस विद्यालयले अनेकौं आदि र हुरी सहन परेको छ अनेकौँ दुःख कष्टहरूलाई र समस्याहरूलाई झेल्दै आज यो चरणमा आइपुगेको छ म यो विद्यालयलाई शुभकामना दिन चाहन्छु” यो विद्यालय शिक्षाको क्षेत्रमा यसले महत्वपूर्ण फड्को मार्न सकोस् र रुद्रपुर माविको अलग्गै पहिचान बनाउन सफल होस् र शिक्षाको क्षेत्रमा एउटा महत्त्वपूर्ण कोशेढुङ्गा सावित हुनेगरी यसले आफूलाई अगाडि बढाउन सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
यस विद्यालयलाई स्थापनाकाल देखि अहिले सम्म डोराएर यहाँसम्म लिनको लागि खट्नुहुने थुप्रै अग्रज व्यक्तित्वहरु, अभिभावकहरु, विद्यार्थीहरु र शिक्षकहरू सम्पूर्णलाई हार्दिक धन्यवाद दिनुभयो ।
विद्यालय भनेको एउटा पवित्र थलो हो जसले हाम्रा सन्ततिहरूको भाग्य र भविष्यलाई कस्तो बनाउने भन्ने विषयको निर्धारण गर्ने थलो भएको बताउदै विद्यालयलाई जति राम्रो बनाउन सकियो त्यति नै हाम्रा सन्ततिहरूको भाग्य र भविष्य राम्रो बन्ने जिकिर गर्नु भयो । साथै यस बिधालयमा निमार्णधिन अवस्थामा रहेको सभाहल निर्माणको लागि आवश्यक पर्ने बजेट अबको बजेटमा समावेश गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
साथै आफू जनप्रतिनिधि भएको स्मरण गराउँदै आफूले बजेट व्यवस्थापन गरिदिने र त्यो व्यवस्थापन गरिएको बजेटलाई सही कार्यान्वयन गर्ने विषय भने विद्यालयसँग जोडिएको व्यवस्थापन समितिको भएको बताउनुभयो ।
कृषिसँग जोडिएर कृषि प्राविधिक धारको शिक्षालाई अगाडि बढाउन र गाउँँगाउँमा कृषिको आधुनिकरण गर्ने कृषिको विकास गर्ने हुदाँ आफ्ना सन्ततिहरूले कृषिको बारेमा जरै देखि बुझेर भोलि हाम्रो कृषि प्रधान देशलाई अझै अगाडि बढाउन र कृषिमा अझै उन्नत बनाउनको निम्ति कृषी विषयलाई रोजेर यहीँबाट पढ्न पाउने गरि योजना बिधालयले बनाएको हुदाँ उक्त योजनामा आफ्नो पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता जनाउनुभयो ।
महोत्सव उद्घाटनको अवसरमा प्रमुख अतिथी मन्त्री ढकालले विद्यालय परिसरमा निर्माण गरिएको स्वर्ण स्तम्भ र बिधालयद्धारा प्रकाशित स्मारिका पत्र रुद्रपुर दपर्ण लोकापर्ण अनावरण गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथी तथा कञ्चन गाँउपालिका अध्यक्ष नवराज ढकालले शिक्षाको क्षेत्रमा भौतिक पूर्वाधार सम्पन्न गर्न र शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्ने गरी दुईवटा कार्यक्रमहरू सँगै लगेको स्मरण गर्दै आफू गाउँपालिका अध्यक्ष भइसकेपछि यस बिधालयमा दुई कोठे भवन निर्माणको लागि बजेट व्यवस्थापन गरेको बताउदै स्थानिय सरकार संग पर्याप्त बजेट नभएको हुदँ ठूला योजनाहरू ल्याउनको लागि प्रदेश सरकार संघीय सरकारसँग सहकार्य गर्ने बताउनुभयो ।
बिधालयका शिक्षक गोपाल पौडेलको सञ्चालन रहेको कार्यक्रममा बिधालयका प्रधानाध्यापक डोलाराम पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने समारोहमा सहायक प्रधानाध्यापक ध्रुब पौडेलको स्वागत सहित विद्यालयको सम्पूर्ण गतिविधिका बारे प्रकाश पारेको सो समारोहका बीच विद्यालयका संस्थापक प्रधानाध्यापक, पुर्व प्रधानाध्यापकहरु, पुर्व अध्यक्षहरु, जग्गादाता, र अक्षकोषदाताहरुलाई अभिनन्दनका साथै १ लाख भन्दा बढी प्रदान गर्ने दाताहरूलाई सम्मान गरिएको थियो ।
उद्घाटन समारोहमा रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापा सम्पूर्ण शिक्षकहरूको तर्फबाट हरैया माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश आचायर्, सम्पूर्ण विद्यालयको अध्यक्षहरूको तर्फबाट हरैया माध्यमिक विद्यालयका अध्यक्ष मेघनाथ पौडेल, सम्पूर्ण प्रधानाध्यापकहरूको तर्फबाट हरैया माध्यमिक विद्यालयका प्रधानाध्यापक मेघनाथ शर्मा, हरैया बहुमुखी क्याम्पसका अध्यक्ष टिकाराज गिरी, सम्पूर्ण राजनीतिक दलहरूको तर्फबाट नेपाली कांग्रेस कञ्चन गाउँ कमिटी सभापति देवीराम रेग्मी, कञ्चन गाउँपालिका प्रवक्ता चित्रलाल तुलाचन, पूर्व विद्यार्थी डाक्टर सुमन आचार्य लगायतका विशिष्ट व्यक्तित्वहरुले विद्यालयको स्वर्ण महोत्सवको अवसरमा महत्त्वपूर्ण शुभकामना व्यक्त गर्नुभएको थियो ।
महोत्सव उद्घाटनका अवसरमा विभिन्न जातीय झाँकीहरुका साथै विद्याथीहरुको र्सास्कृतिक प्रस्तुति रहेको थियो । कक्षा– १ देखि १२ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुने रुद्रपुर माध्यमिक विद्यालयमा हाल ७०० जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक एवम् कर्मचारीसमेत गरी ४२ जना सेवारत रहेका छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर