श्री भैसाही माध्यमिक बिधालयको ६२ औं वार्षिकोत्सब तथा खेलकुद सप्ताह सम्पन्न
गोबिन्द आचार्य हाम्रो लुम्बिनी खवर सह सम्पादक
रुपन्देहीको कन्चन गाउँपालिकाको सबैभन्दा पुरानो सामुदायिक बिधालयमा परिचित भैसाही माध्यमिक बिधालय कन्चन ५ भैसाहीको ६२औं वार्षिकोत्सब तथा खेलकुद सप्ताह सम्पन्न भएको छ।
बिधालयको वार्षिकोत्सब तथा खेलकुद सप्ताहमा संचालित पुरस्कार वितरण तथा समापन कार्यक्रमको शुभारम्भ गर्दै कन्चन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष कुलप्रसाद पौडेलले शिक्षा बिन सचेत समाजको परिकल्पना गर्न नसकिने कुरा बताउनु भएको छ। समाजको सामाजिक, सांस्कृतिक, आर्थिक बिकासमा एकरूपता ल्याउन र हरेक बिकासको दिगो र अपनत्व लिने सोचको बिकास गर्न सबैभन्दा पहिले शिक्षा अनिवार्य रहेको कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वडा अध्यक्ष कुलप्रसाद पौडेलले बताउनु भयो।
उक्त कार्यक्रममा बिधालयको पुर्व प्रधानाध्यापक तथा हरैया बहुमुखी क्याम्पस संचालन समितिका अध्यक्ष टिकाराज गिरिले मानिसको तेस्रो आँखाको रुपमा लिइने शिक्षाको ज्योति छर्ने र समाजलाई उज्यालोतर्फ डोर्याउने उद्देश्यका साथ स्थापना गरिएको यस बिधालय, विद्यार्थी, अभिभावक र सरोकारवालाहरुको सक्रियता र अथक मेहनतको प्रतिफलको रुपमा बिधालयले ६२ औं वार्षिकोत्सब रहेको बताउनु भयो। आफुले बिधालयको नेतृत्व गर्दासम्म सबैपक्षबाट प्राप्त सहयोग, सहकार्य र समन्वयलाई आफ्नो जिवनको अमुल्य सिकाइ र साथको रूपमा लिएको र आगामी दिनहरुमा बिधालयले शैक्षिक तथा भौतिक रुपमा समाजको ध्यान केन्द्रित गर्नेगरी आफुलाइ स्थापित गर्नेछ भन्ने बिश्वास पुर्व प्रधानाध्यापक गिरीले व्यक्त गर्नु भयो।
त्यसैगरी कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति देविराम रेग्मी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति प्रेमचन्द्र पोख्रेलले बिधालयको शैक्षिक गुणस्तर र बिधालाइ ज्ञान बिज्ञानको सिकाइ केन्द्रको रुपमा स्थापित गर्न बिधालयका अभिभावक, शिक्षक, बिद्यार्थी र सरोकारवालाहरुको भुमिका फराकिलो बनाउनु पर्नेमा जोड दिनु भएको थियो। कन्चनको पुरानो सामुदायिक बिधालयको रूपमा रहेपनि बिधालयबाट संचालन हुने शैक्षिक क्रियाकलापहरुले अझैपनि परिपक्वता देखाउने वातावरण श्रृजना गर्न नसक्नु हामी सबै जिम्मेवार पक्षहरुको कमि हो भन्ने महसुस गरेको वक्ताहरुले बिचार व्यक्त गर्नु भएको थियो।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु थारुले बिधालय स्थापना भएदेखी ६२ औं वर्षसम्म पुग्दा समेत राज्य र राज्यका सरोकारवाला निकायहरुको भैसाही माध्यमिक बिधालयमाथि सकारात्मक नजर पर्न नसकेको टिप्पणी गर्नु भएको थियो। ” बिधालयको भौतिक तथा शैक्षिक स्तर जे जति अवस्थामा उकासिएको छ ती सबै स्थानीयहरुको बलबुटाले मात्र भएको” भन्दै व्यवस्थापन समितिका अध्यक्ष थारूले राज्य पुन: संरचना पुश्चात स्थापना भएको स्थानीय सरकारको रूपमा रहेको कन्चन गाँउपालिकाले पनि शैक्षिक क्षेत्रमा लगानी गर्दा पक्षपाती दृष्टिकोणका साथ हरेक वर्ष एउटै बिधालयमा मात्र लगानी गर्दै आएको प्रती पनि दुख व्यक्त गर्नु भयो।
बिधालयका प्रधानाध्यापक भोजराज पोख्रेलले बिधालयको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा बिधालयका पुर्व शिक्षकहरु भक्त बहादुर कार्की र जित बहादुर पुनले समेत बिधालयको शैक्षिक, भौतिक, आर्थिक तथा सामाजिक र सांस्कृतिक बिकास गर्नमा सबैको साथ, सहयोग र सहकार्य प्राप्त गर्ने बिश्वास व्यक्त गर्नु भएको थियो।
बिधालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु थारुको अध्यक्षता, शिक्षक छबिलाल भुसालको संचालन तथा हुमलाल घिमिरेको स्वागतमा भएको कार्यक्रममा बिद्यार्थीहरुद्वारा तयार गरेका बिज्ञान प्रयोगशाला तथा विभिन्न शैक्षिक सामग्रीहरुको समेत प्रदर्शन गरिएको थियो।
उक्त कार्यक्रममा लोकगित नृत्य प्रतियोगिता, विभिन्न खेलकुदहरुमा उत्कृष्ट हासिल गरेका बिद्यार्थीहरुलाइ सम्मान, बिधालयमा नियमित अनुगमनमा आउने अभिभावकहरुलाई सम्मान तथा पुरस्कार वितरण र कार्यक्रममा अभिभावकहरु बिच विभिन्न खेलकुद प्रतियोगिता समेत संचालन गरिएको थियो।
कन्चन श्री भैसाही माध्यमिक बिधालयको ६२ औं वार्षिकोत्सब तथा खेलकुद सप्ताह सम्पन्न
प्रतिक्रिया