spot_img

बुटवलमा महिलाको हत्या, श्रीमान पक्राउ

बुटवल देवीनगरमा महिलाको हत्या, श्रीमान पक्राउ

बुटवल उपमहानगरपालिका-११ देविनगरमा सोमबार एक महिलाको हत्या भएको अवस्थामा मृत भेटिएकी छन् । बुटवल ११ देविनगर माझगाउँमा टाउकोमा चोट लागेको अवस्थामा महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा मृत भेटिएकी महिला अन्जली वि.क. रहेको प्रहरीले जनाएको छ । अन्जली मृत भेटिएपछि उनका श्रीमान सागर बिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।श्रीमान श्रीमतीको झगडामा श्रीमानले ढकेल्दा ढोकामा श्रीमतीको टाउको ठोक्कीएर मृत्यु भएको पक्राउ परेका बिकले प्रारम्भीक बयानमा बताएको बुटवल प्रहरी प्रमुख डीएसपी विजयराज पण्डीतले बताए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर