spot_img

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविरसम्पन्न

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा विपन्न जेष्ठ नागरिकका लागि श्रवण शक्ति परीक्षण शिविर सञ्चालन गरिएको छ । कानले सुन्न छाडेर चिन्तित बनेका बृद्धबृद्धाहरु गाउँमै उपचार शिविर सञ्चालन भएपछि जेष्ठ नागरिकहरु लाभाम्बित भएका छन् ।
कानले नसुन्ने बृद्धबृद्धा तथा विपन्न नागरिकलाइ लक्षित गरी शवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग एड सामग्री वितरण कार्यक्रम तथा अटिजमका बिरामीलाई निःशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए । नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शुसन साक्य, डाक्टर विद्वान भुसाल लगायत स्वास्थ्कर्मीको टीमले विरामीको चेकजाँच गरेका थिए । कानले नसुन्ने बृद्धबृद्धा तथा विपन्न नागरिकलाइ लक्षित गरी शवण शक्ति परीक्षण शिविर तथा हेयरिङ्ग एड सामग्री वितरण कार्यक्रम तथा अटिजमका बिरामीलाई निःशुल्क परामर्श सेवा सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले बताए । नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शुसन साक्य, डाक्टर विद्वान भुसाल लगायत स्वास्थ्कर्मीको टीमले विरामीको चेकजाँच गरेका थिए । पाणिनी गाउँपालिकाको सहयोगमा श्रवण हेयरिङ्ग एण्ड चाईल्ड केयर सेन्टरको आयोजनामा सञ्चालन गरिएको शिविरको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले उद्घाटन गर्दै स्वास्थ्य शिविरले बृद्धबृद्धाहरुलाइ ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । निरोगी र स्वस्थ बनाउन विभिन्न कार्यक्रमहरु प्रदेश सरकारले गर्दै आएको उनले बताए । भौतिक पूर्वाधार विकास समितिका सभापति तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले शिविरबाट फाइदा लिन सबैलाई आग्रह गरे । शिविरमा १९२ जनाले सेवा लिएका थिए । शिविरले विपन्नताका आधारमा ७ जना विरामीलाई निःशुल्क रूपमा कान सुन्ने मेसिन समेत प्रदान गरेको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर