६वर्षदेखि लुम्बिनीमा अलपत्र बस सन्चलानमा सांसद घिमिरे र कोषका उपाध्यक्षलामाको पहल
वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आएका छन । एसियाली विकास बैंक(एडिबी)ले पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा दिएको थियो। अत्याधुनिक बस वर्षौदेखि खुला आकाशमा अलपत्र छाडेको भन्दै आलोचना हुँदै आएको थियो। यही क्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारकाल लामाले विद्युतीय बस अब निरन्तर सञ्चालन दुईवटा बस परीक्षणका रूपमा सञ्चालन गरेको र जनवरीदेखि सबै पाँचवटा बस पूर्ण रूपमा आउने लामाले बताउनु भयो ।
दुईमध्ये एउटा बस बुटवल– गौतम बुद्ध विमानस्थल–लुम्बिनी रुटमा र अर्को नेपाल–भारत सीमानाका बेलहिया–भैरहवा–एयरपोर्ट हुँदै लुम्बिनीसम्म सञ्चालन गर्ने उपाध्यक्ष लामाले बताउनु भयो । परीक्षणका रूपमा चलाइएका बसको भाडा तोकिएको छैन। गाडीभित्र डोनेसन बक्स राख्ने र यात्रुहरूले स्वेच्छाले भाडा तिर्न सक्ने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले जानकारी दिनु भयो ।
आफ्नो क्षेत्र रुपन्देही क्षेत्र न पाँचमा लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र यश क्षेत्रमा शिक्षा स्वास्थ्य यातायात राम्रो व्यवस्था हुनुपर्नेमा जोड दिदै सरकार संग आफुले पटकपटक लुम्बिनी बिकासको लागि छलफल चलाएको सांसद घिमिरे बताउनु भयो
गौतम बुद्ध विमानस्थल निर्माणमा ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि १२ करोडमा पाँचवटा बस र १४ वटा भ्यान (ट्याक्सी) उपलब्ध गराएको थियो। सबै बस कोषपरिसरमा थन्किएका छन्। सवारीसधान चार्ज गर्न लुम्बिनीमै सोलार प्लान्टसमेत जडान गरिएको छ। भन्दै बन्द गरिएको थियो। बेलहिया, गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन भएको हुने बताईएको छ।