spot_img

६वर्षदेखि लुम्बिनीमा अलपत्र विद्युतीय बस आजदेखि चल्दै स्थानीयमा खुसियाली

६ वर्षदेखि लुम्बिनीमा अलपत्र विद्युतीय बस आजदेखि चल्दै स्थानीयमा खुसियाली
वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा थन्किएका विद्युतीय बस बिहीबारदेखि सञ्चालनमा आउने भएका छन्। एसियाली विकास बैंक(एडिबी)ले पर्यटकको सुविधाका लागि लुम्बिनी विकास कोषलाई यी बस अनुदानमा दिएको थियो। अत्याधुनिक बस वर्षौदेखि खुला आकाशमा अलपत्र छाडेको भन्दै आलोचना हुँदै आएको थियो। यही क्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारकाल लामाले भाेलिदेखि आंशिक रूपमा विद्युतीय बस सञ्चालन गर्न लागेको जानकारी दिएका हुन्। ‘बिहीबारदेखि दुईवटा बस परीक्षणका रूपमा सञ्चालन गर्छाैँ र १ जनवरीदेखि सबै पाँचवटा बस पूर्ण रूपमा सञ्चालनमा ल्याउँछौँ।’दुईमध्ये एउटा बस बुटवल– गौतम बुद्ध विमानस्थल–लुम्बिनी रुटमा र अर्को नेपाल–भारत सीमानाका बेलहिया–भैरहवा–एयरपोर्ट हुँदै लुम्बिनीसम्म सञ्चालन गर्ने उपाध्यक्ष लामाले बताए। परीक्षणका रूपमा चलाइएका बसको भाडा तोकिएको छैन। गाडीभित्र डोनेसन बक्स राख्ने र यात्रुहरूले स्वेच्छाले भाडा तिर्न सक्ने लुम्बिनी विकास कोषका बोर्ड सदस्य श्याम रोक्काले जानकारी दिए।गौतम बुद्ध विमानस्थल निर्माणमा ऋण सहयोग गरेको एडिबीले त्यहाँ अवतरण गर्ने पर्यटकलाई बुुद्ध सर्किट घुमाउने प्रयोजनका लागि १२ करोडमा पाँचवटा बस र १४ वटा भ्यान (ट्याक्सी) उपलब्ध गराएको थियो। सबै बस कोषपरिसरमा थन्किएका छन्। सवारीसधान चार्ज गर्न लुम्बिनीमै सोलार प्लान्टसमेत जडान गरिएको छ। चार्जिङ स्टेसन बनाए पनि बस सञ्चालन नहुँदा उक्त प्लान्ट पनि अलपत्र छ।असोज ०७९ मा विश्व पर्यटन दिवसको अवसर पारेर तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा केही समय सञ्चालनमा आए पनि पछि सवारीसाधन कार्यविधि नभएको भन्दै बन्द गरिएको थियो।गृहमन्त्रीकाे निर्देशनसँगै रुपन्देहीका तत्कालीन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा भैरहवामा बसेको लुम्बिनी बिकास कोष, स्थानीय पालिका, यातायात कार्यालय, उद्योगी तथा पर्यटन व्यवसायीका संघसंस्थाको बैठकले तत्काललाई पाँचवटा बस सञ्चालनमा ल्याउने निर्णय गरेको थियो। प्रमुख जिल्ला अधिकारी पाण्डेले गृहमन्त्रीको पहलमा पाँचवटा बस विभिन्न रुटमा चलाउने र आवश्यक चालक सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उपलब्ध गराएका थिए।त्यसवेला बेलहिया, गौतमबुद्ध विमानस्थल हुँदै लुम्बिनी, रामग्रामदेखि बेलहिया हुँदै लुम्बिनी, बुटवलबाट भैरहवा हुँदै लुम्बिनी, लुम्बिनी हुँदै तिलौराकोटसम्म बस सञ्चालन भएको थियो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर