spot_img

गुल्मी छत्रकोट गाउँपालिका अध्यक्ष पाण्डे कपडा बैंकमा

छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले कपडा बैंकको कार्यलयमा आएर निरन्तर सहकार्य र समन्वय गरेर अगाडि बढने बताउनु भएको छ ।
गुल्मी जिल्लामा रहेका १२ वटा स्थानीय तहमध्ये छत्रकोट गाउँपालिका एउटा बिकासको गति लिएको पालिका भित्र पर्दछ । गुल्मी जिल्लामा ऐतिहासिक, धार्मिक, सांस्कृतिक, महत्व बोकेको छत्रकोट गाउँपालिका अहिले कपडा बैंक संग समन्वय गरेर पालिका भित्र रहेका जेहेन्दार दुखी असायलाई कपडा वितरण गरिएको अध्यक्ष पाण्डेले बताउनु भयो ।

अहिले पालिका भित्र सुन्तला खेती र उखु खेतिमा पालिकाले प्राथमिकता दिएको पालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो उहाँले गुल्मी जिल्लाका अन्य पालिकाले पनि कपडा बैंक स्थापनामा गर्न इच्छा व्यक्त गर्नु भएकोले कपडा बैंक स्थापना को लागि सक्दो पहल गर्ने पालिका अध्यक्ष रामप्रसाद पाण्डे हाम्रो लुम्बिनी खवर लाई जानकारी दिनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर