spot_img

नेपाल एशाेसियन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बनिकाे नवनिर्वाचित कार्यसमितिलाई पदस्थापित

नेपाल एशाेसियन अफ टुर एन्ड ट्राभल्स एजेन्ट (नाट्टा) लुम्बनिकाे नवनिर्वाचित कार्यसमितिलाई पदस्थापित गरिएकाे छ । 

निर्वाचन समितिका अधिकृतत्रय युवराज कडेल, भरत के सी र नरेश के सीले अध्यक्षमा चन्द्र बहादुर थापा सहितकाे टिमलाई शपथ ग्रहण तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

नाट्टा लुम्बिनीकाे प्रथम उपाध्यक्षमा कुलचन्द्र पान्डे, दि्वितृय उपाध्यक्ष लक्कि सिह, तृतिय उपाध्यक्ष अन्जन श्रेस्ठ पदस्थापित भएका छन् । यसैगरि महासचिवमा सीता बसेल, सचिवमा अंकित जैसवाल, काेषाध्यक्षमा प्रदिप कुमार पाेखरेल र सदस्यहरुमा टङ्क काफ्ले, बिराट श्रेस्ठ, बरुण ज्ञवालि,  हरि पाैडेल, भुवन पान्डे, गणेश भट्टराई , मित्रशरण शर्मा, प्रदिप कुमार उदय अागमि २ बर्षकाेलागि पदस्थापित भएका छन् । नाट्टा लुम्बिनीकाे गत मंसिर १ गते निर्वाचन भएकाे थियाे ।

पदस्थापन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै लुम्बिनी प्रदेश सरकारका भाैतिक पुर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले पर्यटकिय गन्तब्यमा पुर्वाधारकाे कुनै कमि हुन नदिने प्रतिबद्धता ब्यक्त गरे ।

मन्त्री ढकालले सिंगाे प्रदेशकाे अार्थिक समृद्धिकाे ढाेकाकाे रुपमा रहेकाे पर्यटन क्षेत्रलाई प्राथमिकिकरण गरेर जानुपर्नेमा जाेड दिए । उनले प्रदेशमा पर्यटनका नीति, विधि र कानुन संशाेधन गरेर वा नया बनाएर भएपनि लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताए । 

मन्त्री ढकालले भने, ” पर्यटक बाेलाउने काममा लाग्नुस, सरकारले निजि क्षेत्रलाई पुर्ण सहयाेग गर्छ । ” उनले पर्यटन ब्यवसायिका संस्था नाट्टाले लुम्बिनी प्रदेशका विभिन्न गन्तव्य समेटेर प्याकेज बनाउनुपर्ने सुझाब पनि दिए । उनले भने, ” पर्यटन ब्यवसायि र पर्यटन सम्बद्ध संघसंस्था मिलेर प्रचार प्रशार र ब्यवस्थापनमा लागाै । हामी सरकारकाे तर्फबाट सहयाेग गर्छाै । ”  उनले भारतिय पर्यटकले पच्चिस हजार भन्दा बढि ल्याउदा राेक्ने काम नगर्न अनुराेध गरेकाे र चेकजाचकाे नाममा पर्यटकलाई सास्ति दिने काम नगर्न प्रदेश  प्रहरी प्रमुखलाई निर्देशन दिएकाे पनि बताए । उनले प्रदेश सडक गुरु याेजना मार्फत पर्यटक मैत्रि सडक बनाउने पनि बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपनलिकाका पुर्व उपप्रमुख गाेमा देवि अाचर्यले प्रदेश सरकार र स्थानिय सरकार मिलेर पर्यटन क्षेत्रकाे विकासमा लाग्नुपर्ने बताईन् । 

यसैगरि लुम्बिनी पर्यटन परिषदका कार्यकारि अधिकृत रामु जाेशिले लुम्बिनी क्षेत्रकाे पर्यटन प्रबर्द्धनमा परिषदले नाट्टाकाे सहकार्यमा काम गर्ने बताए । उक्त कार्यक्रममा पर्यटन डिभिजन कार्यलय रुपन्देहीको प्रमुख नेत्र भुसाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेस्ठ, नाट्टा लुम्बिनी निवर्तमान अध्यक्ष रचना पन्त, पुर्व अध्यक्ष सागर अधिकारी, हाेटल संघ केन्द्रीय महासचिव राजेश महतरा, हाेटल एशाेसियनका केन्द्रीय सदस्य सिपि श्रेस्ठ,  च्याम्बर अफ कमर्स रुपन्देहीको अध्यक्ष दर्पण श्रेस्ठ, सिद्धार्थ सन्जालका अध्यक्ष अनिल कुमार ज्ञवालि, हाेटल तथा रेस्टुरेन्ट ब्यवसायि संगठनका अध्यक्ष रामप्रसाद पाेखरेल लगायतले मन्तब्य राखेका थिए ।

पदस्थापन कार्यक्रम पहिलाे सत्र रचना पन्त र दाेस्राे सत्र चन्द्र थापाकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे । कार्यक्रमकाे सन्चालन महासचिव सीता बसेलले गरेकि थिईन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर