spot_img

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य

नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न लुम्बिनीमा बिशेष कार्यक्रमः मुख्यमन्त्री आचार्य
देउखुरी, २० मंसिर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । प्रदेश स्तरीय खाद्य सुरक्षा तथा बहुक्षेत्रिय पोषण बिषयक अनुभव तथा सिकाई आदानप्रदान कार्यक्रमलाई दाङको भालुबाङमा बिहिवार सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न उच्च प्राथमिकतामा राख्दै बिशेष कार्यक्रम लागु गरिएको बताउनु भएको हो ।‘प्रदेशमा कुपोषण एउटा प्रमुख स्वास्थ्य समस्याको रुपमा देखा परेको छ । पोषणको अवस्थामा सुधार ल्याउन बिशेष कार्यक्रम लागु गरेका छौं’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘मातृ शिशु मृत्युदरलाई घटाउछौं । पोषणको अवस्थालाई सुधार गर्छौं । बाल मृत्युदर घटाउछौं । सरकारले यि क्षेत्रमा उपलब्धी हाँसिल गर्नेगरी कार्यक्रम अघि सारेको छ ।’
लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम लागु गरेको छ । मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषण तथा रक्त अल्पता जस्ता स्वास्थ्य समस्या निराकरण गर्नेगरी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार बिशेष कार्यक्रम लागु गरेको हो । यि कार्यक्रमले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न मद्धत पुग्ने विश्वास गरिएको छ ।
तथ्यांकगत रुपमा देखिएका स्वास्थ्य समस्यालाई निराकरण गर्नेगरी बिशेष कार्यक्रम लागु गरिएको सरकारले जनाएको छ ।‘तथ्यांक हेर्दा हाम्रा सूचकहरु कमजोर छन । यि कमजोर सूचकहरुलाई माथि उठाउनेगरी लक्षित गरेर कार्यक्रम केन्द्रित गरिएको छ । अवको तीन बर्षमा यि सुचकहरुमा सुधार आउनैपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘परम्परागत मुल्यमान्यतालाई पनि सुधार गर्दै सामाजिक जागरण र सशक्तिकरणको अभियान चलाउन जरुरी छ ।’
विभिन्न बहानामा अझैं पनि बालबिवाह हुने गरेको, जसले गर्दा मातृ मृत्युदर, बाल मृत्युदर, कुपोषण जस्ता समस्या देखा परेको भन्दै मुख्यमन्त्री आचार्यले सबै पक्ष गम्भिर हुनुपर्ने बेला आएको बताउनु भयो ।‘बालबिवाह नगर्ने, गरेको खण्डमा कानुनी कारबाही हुने सम्मको व्यवस्था छ । तर, अझैं यो समस्या समाधान हुन सकेको छैन’उहाँले भन्नुभयो,‘बनेका कानुनको कार्यान्वयन गर्दै सामाजिक जागरण र सचेतना अभिवृद्धिको कार्यक्रम व्यापक बनाउन जरुरी छ ।’
स्वास्थ्य क्षेत्र सुधार गर्न साझा प्रयास र प्रयत्नको खाँचो पर्ने भनाई उहाँको छ । दातृ निकायसंग साझेदारी गरेर कार्यक्रम अघि बढाउनुपर्ने भन्दै त्यसकालागी लगानी केन्द्रित गर्न आह्वान समेत गर्नु भयो । प्रदेशका १२ जिल्लालाई आधार मानेर स्वास्थ्य मन्त्रालय मार्फत कार्यक्रम कार्यान्वयनमा लगिएको छ । आरआरएनको आयोजनामा रोल्पाको रुन्टीगढी र त्रिवेणी गाउँपालिका पोषण सुधार परियोजना लागु भएको थियो । जुन परियोजनाले हाँसिकल गरेको अनुभव तथा सिकाई आदानप्रदान गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री आचार्यलाई पोषण सुधारकालागि खाद्य तथा पोषण सञ्जालका अध्यक्ष गिता नेपालीले ११ बुदे ज्ञापनपत्र समेत बुझाउनु भएको थियो । प्रदेश स्तरीय नीति निर्माण, पोषण शिक्षा तथा पुर्नस्थापना कार्यक्रम लागु गर्नुपर्ने लगायतका माग समेटिएका छन् ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर