spot_img

साना किसान कृषि सहकारी संस्था कन्चन १ बेलभरियाको १४ औं साधारणसभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था कन्चन १ बेलभरिया सन्चालित १४ औं साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिक बिकास मन्त्री सांसद भुमिश्वर ढकालले स्थानीय सेयर सदस्य संग सहकार्य र समन्वय गरेर काम गर्ने संस्था भएकोलेनै सहकारी भनिएको बताउनु भयो ।
मन्त्री ढकालले नेपालजस्तो कृषिप्रधान मुलुक तथा भर्खर मात्र विकासको पथमा बामे सर्न जुर्मुराएको अर्थ व्यवस्थामा सहकारिताको आदर्श र यसको कार्यान्वयन पक्षले निकै महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो सहकारितामा संलग्न कृषकहरूमा नैतिकताको विकास हुने भएकोले उनीहरूमा फजुल तथा अनुत्पादक खर्चजस्ता अनावश्यक क्रियाकलापदेखि सतर्क हुन टेवा प्रदान गर्ने बताउनु भयो । यसले ग्राम्य समाजमा नियमित र उत्पादकत्व खालको भावनाको विकास गरी समाजमा द्रुततर गति प्रदान गर्न समेत प्रोत्साहित गर्ने र किसानहरूको आम्दानी बढाई जीवनस्तर उकास्न बहुमुखी सहकारी संस्थाको स्थापना अति आवश्यक रहेको र  ।सानाकिसान कृषि सहकारी संस्थाहरूबाट कृषि क्षेत्रमा संलगन कृषकहरूलाई ऋण सुविधा, बजार सुविधा, बेचबिखन र उपभोक्ताजस्ता सुविधा सुलभ गराई ग्राम्य जीवनमा आधारभूत सुधार ल्याउन यसको योगदान सर्वोपरि रहेको मन्त्री ढकाल को भनाई रहेको थियोे ।

मन्त्री ढकाल सहकारी हरुकोलागी लुम्बिनी प्रदेश सरकारले आवश्यकता अनुसार बजेट ब्यबस्थापन गरेर काम गरिरहेको बताउदै कन्चन १ मा रहेको सहकारी लाई आफुले सधै सहयोग गर्ने बताउदै उत्पादनशुलि क्षेत्रमा लगानी लगाउन आग्रह गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल कृषि सहकारी संघ का केन्द्रिय सदस्य सुख्देव न्यौपाने रुपन्देही जिल्ला साना किसान सहकारी बैंक बुटवल शाखाका प्रमुख शेरबहादुर चौधरी, राम प्रसाद रेग्मी , कन्चन गाउँपालिका सहकारी शाखा प्रमुख गिरी राज अर्याल , गोपाल प्रसाद अर्याल , सहकारी संघ सैनामैना अध्यक्ष परशुराम सापकोटा सल्लाहकार शिव पौडेल सेयर सदस्य चिन्तामणी पाण्डे माया आचार्य लगाएत ले सहकारी को हक हितको बारेमा बोल्दै साना किसान सहकारी संस्था कन्चन १ लाई शुभकामना दिएका थिए ।
साना किसान सहकारी संस्था कन्चन १ ले जेष्ठ सेयर सदस्य नियमित बचत बढी बचत असल ऋणदाता तरकारी खेती गर्ने किसान नियमित डेरिमा दुध ल्याउने किसान लगाएत लाई सम्मान गरेको थियोे साथै संस्थाले यातायात खर्चबापत आउने रकम बाट सेयर सदस्य को बिमा कार्यक्रम समेत गरेको थिए ।आर्थिक लेखा सम्बन्धि लेखा समिति संयोजक सरला ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे कार्यक्रममा अध्यक्षत्ता संस्थाका अध्यक्ष ओमप्रकाश गौतम ले सम्पूर्ण सेयर सदस्य अतिथि हरुलाई धन्यवाद दिनु भएको थियोे। स्वागत मन्तव्य संस्थाकि उपाध्यक्ष बसन्ती थारुले गर्नु भएको थियोे
भने सन्चालन संस्थाको प्रवन्धक बसन्ती चौधरीले गर्नु भएको थियोे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर