क्षितिज इन्टरनेशनल कलेजको सेमिनार केबलकारको टप स्टेशनमा
बुटवल
क्षितिज इन्टरनेशनल कलेजको एमबिए कार्यक्रम अन्तरगत पहिलो सेमेष्टरका विद्यार्थीहरुको “नेभिगेटिङ्ग द फ्युचर अफ विजनेश एण्ड सोसाईटी व्यालेन्सिङ्ग वर्क इन्नोभेसन एण्ड फाइनान्ससियल इम्पावरमेन्ट” सम्बन्धी सेमिनार लुम्बिनी केबलकार लिमिटेडको टप स्टेशन तिनाउ –३ पाल्पा बशन्तपुरमा नवनिर्मित नयाँ कन्फरेन्स हलमा सम्पन्न भएको छ । एमबिए पहिलो सेमेष्टरमा अध्ययनरत २८ जना विद्यार्थीहरु ६ समूहमा रही “नेभिगेटिङ्ग द फ्युचर अफ विजनेश एण्ड सोसाईटी व्यालेन्सिङ्ग वर्क इन्नोभेसन एण्ड फाइनान्ससियल इम्पावरमेन्ट” सम्बन्धी शीर्षकमा रही कार्यपत्र प्रस्तुत गरेको क्षितिज इन्टरनेशनल कलेजका क्याम्पस प्रमुख डा.सुर्य रानाले बताउनु भयो ।
कार्यक्रममा विद्यार्थीहरुको प्रस्तुतिको मूल्याङ्कनको लागि १० जना प्राध्यापकहरुको सहभागिता रहेको थियो । आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यका साथ सेमिनार लुम्बिनी केबलकारको टप स्टेशन तिनाउ –३ पाल्पा बशन्तपुरमा आयोजना गरिएको क्षितिज इन्टरनेशनल कलेजका राजेन्द्र लम्सालले बताउनु भयो ।
लुम्बिनी केबलकारको नवनिर्मित कन्फेरेन्स हलको समउद्घाटन कार्यक्रम अन्तरगत कलेजको पहिलो कार्यक्रम भएको लुम्बिनी केबलकारका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो । कन्फरेन्स हलको क्षमता १ सय जना रहेको र कन्फरेन्स हलमा कार्यक्रम गर्दा कुनै पनि किसिमको सेवा, शुल्क नलिईने अपरेशन म्यानेजर कायस्थले बताउनु भयो ।
नवनिर्मित कन्फरेन्स हलमा कुनै पनि प्रकारको सेमिनार, अन्तरक्रिया, साधारण सभा लगायतको कार्यक्रमहरु गर्नका लागि उपयुक्त स्थान रहेको र कार्यक्रम गर्दा आयोजकको अर्डर बमोजिम सुपथ मूल्यमा खाजा तथा खानाको व्यवस्था रहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
क्षितिज इन्टरनेशनल कलेजको सेमिनार केबलकारको टप स्टेशनमा
प्रतिक्रिया