लुम्बिनी केबलकार र पश्चिमाञ्चल पेट्रोलियम एशोसिएशन बीच सहकार्य
बुटवल मंसिर ५
लुम्बिनी केबलकार लिमिटेड र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशन बीच एक कार्यक्रमका बीच व्यापारिक साझेदारी एवं सहकार्य सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता बमोजिम पश्चिमाञ्चल पेटो«लियम डिलर्स एशोसिएशन पदाधिकारी, एशोसिएशनमा आवद्ध पेट्रोल पम्प सञ्चालकहरु र कार्यरत कर्मचारीहरुले लुम्बिनी केबलकारको यात्रा गर्दा टिकटमा २० प्रतिशत छुट पाउने गरी सम्झौता भएको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले बताउनु भयो ।
सम्झौतामा लुम्बिनी केबलकारको तर्फबाट अपरेशन म्यानेजर डिएन कायस्थ र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनको तर्फबाट अध्यक्ष हिमाल गैरेले हस्ताक्षर गर्नुभएको थियो ।
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनमा ३ संय भन्दा बढी पेट्रोल पम्पहरु आवद्धता भएको साथै ३ हजार भन्दा कर्मचारीहरु हाल कार्यरत रहेको एशोसिएशनले जनाएको छ ।
लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकारको हो । युरोपेली प्रविधि अन्र्तगत अष्ट्रियाको विश्वविख्यात डोजलमायर कम्पनीबाट निर्मित यस केबलकारलाई प्रविधिमा अव्बल मानिन्छ । लुम्बिनी केबलकार कम्पनीबाट दैनिक ६ हजार भन्दा बढी यात्रुहरु दुईतर्फि यात्रा गर्न सक्दछन् भने केबलकार बिद्युतिय माध्यमबाट सञ्चालन हुने भएकोले वातावरण मैत्री एवं धुलो, धुवाँ र ध्वनी प्रदुषण रहित भएको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।
लुम्बिनी केबलकार र पश्चिमाञ्चल पेट्रोलियम एशोसिएशन बीच सहकार्य
प्रतिक्रिया