spot_img

कर सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न

कर सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न
बुटवल
बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशनको आयोजनामा एक दिवशीय कर सम्बन्धि अभिमुखिकरण तालिम बुटवल उपमहानगरपालिका वडा नं.–२ मा अवस्थित अटो इन्जिनियरिङ्ग एशोसिएशनको कार्यालयमा सम्पन्न भएको छ । बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशनका अध्यक्ष प्रेम गौचनको अध्यक्षता नेपाल अटो मेकानिकल व्यवशायिक महासंघका अध्यक्ष जर्नादन गैरेको प्रमुख आतिथ्यता, बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशनका पूर्व अध्यक्षहरु ज्योति भण्डारी, प्रेम ब. फौजार, भोज बहादुर बुढाथोकी, बाबुराम पाण्डेको आथित्यता, उपाध्यक्ष एवं कार्यक्रम संयोजक बाबुराम आचार्यको स्वागत एवं सचिब मनिष पाण्डेको सञ्चालनमा तालिम सम्पन्न भएको हो ।
कर सम्बन्धी तालिमको प्रशिक्षकमा आन्तरिक राजश्व कार्यालय बुटवलका अधिकृत भूमिश्वर पोखरेल र राजश्व अनुसन्धान कार्यालय बुटवलका अधिकृत दिपेन्द्र श्रेष्ठ रहनुभएको थियो ।
तालिममा २ संय पचास भन्दा बढी व्यवशायीहरुको सहभागिता रहेको बुटवल अटो इन्जिनियरिङ्ग एशोसिएशनका कार्यालय प्रमुख हिमाल खनालले जानकारी गराउनु भयो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर