spot_img

कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पाेख्रेलकाे याेगदान अतुलनीय:मुख्यमन्त्री आचार्य

कम्युनिस्ट आन्दोलनलाई उचाइमा पुर्‍याउन पाेख्रेलकाे याेगदान अतुलनीय:मुख्यमन्त्री आचार्य
दाङ-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य देविप्रसाद पाेख्रेलकाे निधनप्रति दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।

पाेख्रेल परिवारकाे निवास घाेराही उपमहानगरपालिका-१५ मा पुगेर आइतबार मुख्यमन्त्री आचार्यले दिवंगत पाेख्रेल प्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गर्नु भएको हाे ।

सिंगाे नेपालकाे कम्युनिस्ट आन्दाेलनलाइ उचाइमा पुर्‍याउन पाेख्रेलले खेलेकाे भूमिका र पुर्‍याउनु भएको याेगदानलाइ पार्टी पंक्तिले सधैं सम्झिरहने मुख्यमन्त्री आचार्यले श्रद्धाञ्जली वक्तव्यमा उल्लेख गर्नु भएको छ ।`दाङ जिल्लाकाे मात्र नभएर सिंगाे देशकाे कम्युनिस्ट आन्दाेलनलाइ उचाइमा पुर्‍याउन उहाँले खेलेकाे भूमिका सधैं स्मरणीय रहनेछ´उहाँले भन्नू भएको छ-`समाज रुपान्तरण र परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका रहेकाे छ ।´ पार्टी महासचिव शंकर पाेख्रेलका दाजु पाेख्रेलकाे कार्तिक २३ गते ७४ बर्षकाे उमेरमा निधन भएको थियाे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर