spot_img

गुल्मीकाे अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास, निर्धारित समयमा काम सम्पन्न गर्न भाैतिक पूर्वाधार मन्त्रीकाे निर्देशन

गुल्मीकाे अग्लुङ्गफेदीमा पक्की पुल शिलान्यास, निर्धारित समयमा काम सम्पन्न गर्न भाैतिक पूर्वाधार मन्त्रीकाे निर्देशन
गुल्मी १ मंसिर । मदाने गाउँपालिका-१ ठूलाखर्क गुल्मी निवासी ७७ बर्षिय सालिकराम चन्द अग्लुङ्गफेदी खाेलामा आउने बाढी संग हरेक बर्ष पैठेजाेरी खेल्नुपर्छ । खाेला तर्न खाेज्दा धेरै पटक नयाँ जीवन पाउनु भएका चन्दलाई अब पक्की पुलबाट खाेला तरेर हिड्डुल गर्ने इच्छा । अब चन्दकाे इच्छा पूरा हुने चरणमा पुगेकाेमा उहाँ खुसी हुनुहुन्छ ।`यहाँ पुल नहुदा धेरै दु:ख भाेगियाे । बर्षामा मान्छे, गाडी सबै छेकिन्थे´उहाँले भन्नुभयाे-`अब पुल बन्न थाल्याे । गाउँकाे समस्या समाधान हाेला भन्ने आशा छ ।´ मदाने-८ निवासी हरिप्रसाद भट्टराईकाे उमेर ७५ बर्ष पुग्याे । गाउँमा विकास भएन भनेर धेरैले बसाइँ सरे । तर, भट्टराईकाे परिवार गाउँमा अडिएकाे छ । विकासका पूर्वाधार विकट बस्तिमा सर्न थालेकाेमा उहाँ खुसि हुनुहुन्छ ।`याे खाेलाले दु:ख दिन्थ्याे । बर्षामा झनै समस्या हुन्थ्यो । अब त खुसिका दिन आउन थाले´उहाँले भन्नुभयाे-`राम्रो काम हुन थाल्याे । छिटाे पुल बनाेस ।´ गुल्मिबाट निर्वाचित प्रदेश सभा सदस्य तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थिकाे निर्वाचन क्षेत्रमा पक्की पुल निर्माणकाे काम अघि बढेकाे हाे । शनिबार लुम्बिनी प्रदेशका भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले संयुक्तरूपमा अग्लुङ्गफेदी खाेलामा पक्की पुलकाे शिलान्यास गर्नु भएको छ । सडक पुर्वाधार विकास कार्यालय गुल्मीले आयाेजना कार्यान्वयनमा लगेकाे छ । चार कराेड १४ लाख २९ हजार ९ सय ७९ रुपैयाँकाे लगानीमा पुल निर्माण कार्य अघि बढेकाे र एक बर्ष भित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
एम/एस.कमल-अर्जुन-सिटी-जेभी रेसुंगा गुल्मीले आगामी २०८२ मंसिर ८ गते सम्म सम्पन्न गर्ने लक्ष्य राखेकाे छ । समयमा पुल निर्माण सम्पन्न गर्न भाैतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताउनु भयाे ।`सन्तुलित विकासकाे अवधारणा अनुसार प्रदेश सरकारले पूर्वाधार निर्माणकाे कामलाई प्राथमिकता राखेकाे छ । सञ्चालन गरेका सबै याेजनाकाे गुणस्तर कायम गर्ने प्रतिबद्धता प्रदेश सरकारले गरेकाे छ´उहाँले भन्नुभयाे-`सरकारले निर्माण अघि बढेका आयाेजनाकाे भुक्तानीलाई सरल र चुस्त बनाउछ । समयमा आयाेजना सम्पन्न गर्ने र भुक्तानी गर्ने काममा हामी प्रतिबद्ध छाैं ।´ प्रदेश सरकारले देखिने र महशुस हुनेगरी विकास निर्माणकाे कामहरु अघि बढाएको उहाँले बताउनु भयाे । राजनिती अस्थिरता, आर्थिक मन्दिका कारणले समस्या परेकाे जस्तो देखिएपनि निकास दिन वर्तमान सरकार सफल हुने भनाइ राख्नु भयाे । मन्त्री ढकालले बागदुला, भिमगिठे सडक खण्ड कालाेपत्रे गर्ने कामलाई प्रदेश सरकारकाे स्वामित्वमा लिएर भएपनि अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विकट बस्तीलाई विकासकाे मुल धारमा ल्याउन सरकारले प्राथमिकतामा राखेकाे बताउनु भयाे ।`गुल्मी जिल्लाका विकट बस्तीमा विकास पुर्‍याउने अभियान चलेकाे छ´मन्त्री पन्थीले भन्नुभयाे-`विकास नहुदा पिछडिनुपर्ने अवस्था थियाे । अब नागरिकलाई विकासकाे अनुभुती हुनेगरी राज्यले सम्बाेधन गर्ने काम अघि बढेकाे छ ।´

निर्माण व्यवसायी विजय खनालले भुक्तानि प्रक्रियामा कुनै समस्या नआए निर्धारित समय भन्दा अगाडिनै पुल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।`भुक्तानीमा कुनै समस्या नआए बैशाख १ गते पुलकाे उद्घाटन गर्न सकिन्छ । त्याे मेराे प्रतिबद्धता भयाे´उहाँले भन्नुभयाे-`सरकारले बजेटकाे व्यवस्थापन गराेस, म समयमा काम सम्पन्न गर्छु ।´ मदाने गाउँपालिकाका उपाध्यक्ष शरिता खड्काले निर्धारित समयमा पुल सम्पन्न गर्न स्थानीय तहले समेत सहजीकरण गर्ने बताउनु भयाे ।`पुल उद्घाटन हुन्छन । हामी खुसी हुन्छौं । तर, विचमा अलपत्र हुने समस्या छ । त्यसाे नहाेस´उहाँले भन्नुभयाे-` बजेट अभावका कारण पुल अलपत्र नपराेस, सरकारले ध्यान दियाेस ।´ भाैतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले गुणस्तरीय पक्की पुल निर्माण हुने बताउनु भयाे ।`देख्दा सानाे संरचना भएपनि याे बनाउन ठूलो लगानी लाग्दछ´उहाँले भन्नुभयाे-`यसकाे गुणस्तर कायम गर्न सबै पक्षबाट अनुगमन हुन्छ ।´ सडक गुरुयाेजना बनाउने काम अन्तिमचरणमा पुगेकाे र धेरै सडकलाई सम्बाेधन गरिएको स्पष्ट पार्नु भयाे ।
सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सचितानन्द चाैधरीकाे अध्यक्षतामा पुल शिलान्यास कार्यक्रम सम्पन्न भएको थियाे ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर