spot_img

लुम्बिनी प्रदेशमै कपडा बैंकको महत्त्व बढेको केन्द्रिय अध्यक्ष कमल जि .सी को भनाइ

भैरहवा बाट आउदै हुनुहुन्छ के बुटवल तर्फबाट जाँदै हुनुहुन्छ जानकी नगर तिलोतमा एउटा यस्तो अफिस छ जहाँ दैनिक १६ देखि २० जना आफुलाई आवश्यक अनुसार कपडा लिन जान्छन जानकी नगर सीता राईस मिल नजिकै पूर्वी गेटबाट अघि बढ्दा दायाँपट्टि एउटा अर्जुन दृस्ठि घर भेटिन्छ त्यो घर को टपमा एउटा ठूलो ¥याकमा कपडाहरू झुण्डाइएको छ। साथै, जुत्ता तथा खेलौना र झोला पनि छन्। हालसालै खोलिएको ‘कपडा बैंक’मा पुराना तर लगाउन र प्रयोग गर्न मिल्ने सामान संकलन गर्ने गरिएको छ।

आवश्यक भएका तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका सदस्यले आफूलाई चाहिएको कपडा यहाँबाट छानीछानी लैजान सक्छन्। पैसा तिर्नु पर्दैन। सित्तैंमा लैजान सक्छन्। त्यस्तै, दुई÷चार पटक लगाएका वा कहिल्यै नलगाइएका पुरानो कपडा दिन पनि सकिन्छ। ‘कपडा बैंक’मा महिलाले लगाउने सारी, चोलो, पेटिकोट, कुर्था, सुरुवाल, सल, टिसर्ट आदि कपडा छन्। पुरुषका पेन्ट, सर्ट, हाफपेन्ट, टिसर्ट,टपि कोट गन्जीलगायतका तयारी कपडा पनि रहेको क्लोथो बैंकका केन्द्रिय अध्यक्ष कमल जि सी ले बताउनु हुन्छ कपडा बैंकमा।विभिन्न जिल्लाका खोलिएको बैंकमा पनि व्यापारीका गोदाम र पसलमा मौसम सकिएर थन्किएका कपडा समेत संकलन गरेर ‘कपडा बैंक’मा ल्याउने गरिएको छ। घरमा प्रयोग नभएका कपडासमेत खोजीखोजी बैंकमा थुपार्ने गरिएको छ। धर्म र आस्था जोडिएको क्षेत्रमा प्रयोग गर्न मिल्ने कपडा संकलन र वितरण सुरु भएपछि विपन्न वर्गलाई धेरै सहज भएको विश्वास रहेको अध्यक्ष जि सि ले बताउनु भयो । अहिले रुपन्देही र कपिलवस्तुका धेरै पालिकामा कपडा बैंक संचालन आएको र यो अगाडि आगलागी हुदा रोहिणी गाउँपालिकामा करिव ३५० जनालाई निशुल्क कपडा वितरण गरिएको र अब छिटै नेपालका नायक राजेश हमालको उपस्तिथि मा सियारि गाउँपालिका लगाएत अन्य पालिकामा कपडा बैंक खोलिने केन्द्रिय अध्यक्ष कमल जिसिले बताउनु भयो प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्ताचप्पल, भाडालगायतका मानव जीवनमा प्रयोगमा आउने सामान संकलन र वितरण गरिने कपडा बैंकका सञ्चालकहरू बताउँछन्।
हुने खानेहरुका लागि एकजोडी कपडाले खासै अर्थ नराख्न सक्छ तर हुँदा खाने र पाउँदा लगाउनेहरुका लागि भने एक जोडी कपडाले पनि ठूलो खुसी दिन सक्छ । धादिङको बेनीघाटमा सञ्चालन गरिएको कपडा बैंकले यसको व्यवहारिक पुष्टि गरेको छ ।

जानकारी पाएपछि उनी कपडा बैंक पुगे र त्यहाँबाट आफूलाई मनपर्ने कपडा छानेर लिए । तिहार र जाडो सुरु हुनै लाग्दा एक जोडी न्यानो कपडा पाएपछि राजकुमार खुसीले गदगद भए । उनले कपडा बैंकको बिषयमा अन्य व्यक्तिलाई पनि जानकारी दिने बताए ।

राजकुमार जस्तै कपडा बैंकमा कपडा ल्याउन पुग्ने अर्का व्यक्ति भेटिए सोही ठाउँका लालबहादुर । मजदुरी पेशा गरेर जिविकोपार्जन गर्ने लालबहादुरका लागि पनि नयाँ कपडा फेर्न कठिन छ । त्यसैले उनी कपडा बैंकमा पुगेका रहेछन् । उनी पनि कपडा पाएपछि खुसी भए ।

लालबहादुर र राजकुमारजस्ता थुप्रैले तिहारको मुखैमा कपडा बैंकबाट निःशुल्क कपडा पाएर पाएपछि अन्य व्यक्तिहरु पनि खुसी भएका पाइयो ।

निम्नवर्गीव परिवार, अशक्त र असहाय परिवारका लागि लक्षित गरी अहिले रुपन्देही र कपिलवस्तु का विभिन्न पालिका मा कपडा बैंक सञ्चालनमा आएको हो । देशव्यापी रुपमा कपडा बैंक खुल्दै गएपछि रुपन्देहीमा पनि कपडा बैंक सञ्चालनमा ल्याइएको र हालसम्म १५ हजार भन्दा बढि व्यक्तिहरुलाई निःशुल्क कपडा वितरण गरिएको कपडा आवश्यक परेमा सिधै तिलोतमा जानकी नगर सिताराईस मिल नजिकै गएर ल्याउन सकिने र पालिकाले वडा के कुन उमेर समुह को कपडा आवश्यक हो खुलाएर सिफारिस गरेमा आफुहरुले उपलब्ध गराउने कपडा बैंक केन्द्रिय अध्यक्ष कमल जि सी ले बताउनु भयो।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर