spot_img

विदेशीको आर्कषणको केन्द्र बन्दै लुम्बिनी केबलकार

विदेशीको आर्कषणको केन्द्र बन्दै लुम्बिनी केबलकार
बुटवल कार्तिक २३
लुम्बिनी केबलकारमा स्वदेशी नागरिकहरुको साथसाथै विदेशी नागरिकहरुको समेत आर्कषण बढिरहेको छ । बुटवलमा हुने विभिन्न कार्यक्रमहरुमा सहभागि हुने विदेशी नागरिकहरुमा लुम्बिनी केबलकारको आर्कषक बढ्दै गईरहेको पाईएको हो । स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्यरत संस्था वेष्ट नेपाल डेभलपमेन्ट ट्रष्टमा कार्यरत बेलायती नागरिक आना र क्रिष्ट्रिनाले शुक्रवार लुम्बिनी केबलकारको अवलोकन भ्रमण गरेका छन् ।
यही कार्तिक २४ गते शनिवारको दिन बुटवल उपमहानगरपालिका वडा नं.–१७ मा वेष्ट नेपाल डेभलपमेन्ट ट्रष्टको आयोजनामा सञ्चालन हुने १ दिवशीय स्वास्थ्य शिभिरमा सहभागि हुनका लागि आना र क्रिष्ट्रिना हिजोमात्र पोखराबाट बुटवल आएको वेष्ट नेपाल डेभलपमेन्ट ट्रष्टका कोषाध्यक्ष लक्ष्मी अधिकारीले बताउनु भयो ।
केबलकारको यात्रामा वेष्ट नेपाल डेभलपमेन्ट ट्रष्टका अध्यक्ष मोम प्रसाद गुरुङ्ग, उपाध्यक्ष माधव प्रसाद आचार्य, सचिब पदम घिमिरे, कोषाध्यक्ष लक्ष्मी अधिकारी लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर