spot_img

लुम्बिनी पानाको विशेषाङ्क लुम्बिनी केबलकारबाट सार्वजनिक

लुम्बिनी पानाको विशेषाङ्क लुम्बिनी केबलकारबाट सार्वजनिक
बुटवल कार्तिक –२३
लुम्बिनी पाना मिडिया प्रकाशन प्रा.लि. बाट प्रकाशित पर्यटन विशेष विशेषाङ्क आज एक कार्यक्रमका बीच लुम्बिनी केबलकार लिमिटेडबाट सार्वजनिक गरिएको छ । लुम्बिनी केबलकार लिमिटेडमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी पाना मिडिया प्रकाशन प्रा.लि.बाट प्रकाशित पर्यटन विशेष विशेषाङ्क लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी केबलकार लिमिटेडका अपरेशन म्यानेजर डिएन कायस्थले पर्यटन, प्रर्वधन र विकाशको लागि लुम्बिनी पानाले प्रिन्ट तथा अनलाईन मिडिया मार्फत खेलिरहेको भूमिका पर्यटन प्रर्वधनको लागि नमूनाको रुपमा रहेको बताउनु भयो । लुम्बिनी पाना मिडिया प्रकाशन प्रा.लि. तर्फबाट संयोजक निर्मल एसपी थापाले लुम्बिनी केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार भएको र आन्तरिक तथा बाह् पर्यटकहरुलाई बुटवलमा क्षेत्रमा ल्याई पर्यटन प्रर्वधनमा महत्वपूर्ण भूमिका खेलिरहेकोले पर्यटन विशेष विशेषाङ्क लुम्बिनी केबलकारबाट सार्वजनिक गरिएको बताउनु भयो ।

 

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर