तिहार बिदामा पनि लुम्बिनी केबलकार निरन्तर सञ्चालनमा
बुटवल कार्तिक –१५
लुम्बिनी प्रदेशको पहिलो एवं युरोपियन प्रविधिबाट निर्मित रुपन्देहीको बुटवलमा अवस्थित लुम्बिनी केबलकार दीपावली अवधिभर नियमित रुपमा सञ्चालन हुने भएको छ । लुम्बिनी केबलकारले आज एक सूचना प्रकाशित गरी केबलकार दीपावली अवधिभर (भाइटीकाको दिन समेत) नियमित सञ्चालनमा रहेको जानकारी गराएको हो ।
लुम्बिनी केबलकार नियमित रुपमा प्रत्येक दिन बिहान ८ः३० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने गरेको लुम्बिनी केबलकारका म्यानेजर प्रज्वल घिमिरेले जानकारी गराउनु भयो ।
लुम्बिनी केबलकारको यात्रामा ३ फिट सम्मका बालबालिका र परिचय पत्रको आधारमा ८० वर्ष भन्दा बढी उमेर समूहका जेष्ठ नागरिकहरुलाई पूर्ण छुटको व्यवस्था रहेको छ भने विद्यार्थीहरुलाई ४० प्रतिशत स्थानीयलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ
तिहार बिदामा पनि लुम्बिनी केबलकार निरन्तर सञ्चालनमा
प्रतिक्रिया