एकै दिन लुम्बिनी केबलकार र तीन संस्था बीच सहकार्य
बुटवल कार्तिक –१३
लुम्बिनी केबलकार लिमिटेड र रुपन्देही व्यापार संघ, बुटवल पब्लिक स्कुल तथा सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेड बीच छुट्टाछुट्टै कार्यक्रमका बीच व्यापारिक सहकार्य सम्बन्धी आज सम्झौता भएको छ । सम्झौता बमोजिम रुपन्देही व्यापार संघमा आवद्ध सक्रिय व्यवशायीहरु, बुटवल पब्लिक स्कुलका शिक्षक तथा विद्यार्थीहरु र सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडका पदाधिकारी एवं कर्मचारीहरुलाई लुम्बिनी केबलकारको यात्रा गर्दा विषेश छुटको व्यवस्था हुने गरी सम्झौता गरिएको लुम्बिनी केबलकार लिमिटेडका प्रेस संयोजक टिआर शर्माले बताउनु भयो ।
सम्झौतामा लुम्बिनी केबलकार लिमिटेडको तर्फबाट अपरेशन म्यानेजर दिल्ली नारायण कायस्थ र रुपन्देही व्यापार संघको तर्फबाट अध्यक्ष दीपक अधिकारी, बुटवल पब्लिक स्कुलको तर्फबाट भाइस प्रिन्सिपल आर.सि.पौडेल र सिर्जनशील प्रकाशन तथा मसलन्द सहकारी संस्था लिमिटेडको तर्फबाट अध्यक्ष मनोहर वस्यालले हस्ताक्षर गर्नुभएको लुम्बिनी केबलकार लिमिटेडका म्यानेजर प्रज्वल घिमिरेले जानकारी गराउनु भयो ।