spot_img

सुर्यपुरा १,२ र ३साविक गैडहवा ८,९ को खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था प्रथम वार्षिक साधारण सभा सम्पन्न

गैडहव, रुपन्देही, कार्तिक,१० सुर्यपुरा १, २ र ३ खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सुर्यपुराको प्रथम वार्षिक साधारण सभा २०८१ साल कार्तिक १०गते शनिवार गैडहवा–९, शितलडाँडा खानेपानी प्राङ्गणमा सम्पन्न भएको छ।

कार्यक्रमको सभापति संस्थाका कार्यवाहक अध्यक्ष मोतिलाल रानाले गर्नुभएको थियो। भने प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री
भुमिस्वर ढकालले गर्नु भएको थियो । भने बिशिष्ट अतिथि खानेपानी डिभिजन कार्यलयका योगिकुटीका प्रमुख राज कुमार चौधरीले गर्नुभएको थियो तेस्तै अतिथिहरुमा गैडहवा गाउपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, वडा नं. ८ र ९का वडाध्यक्ष, विभिन्न पार्टिका अध्यक्ष एवम् पार्टि प्रतिनिधि, इन्जिनियर, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, स्थानिय लगायतको उपस्थितीमा कार्यक्रम सम्मपन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सदस्य मान बहादुर मगरले गर्नुभएको थियो । संस्थाका संस्थापक एवम् निवर्तमान अध्यक्ष भुवन राना मगरले २०७१ साल देखि आज सम्मको प्रगती प्रतीबेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक महादेब पौडेलले संस्थाको आर्थिक गतिविधिहरूको प्रगति र आगामी योजनाबारे २०७१ देखि हाल सममको विस्तृत प्रगति रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।
मन्त्री भुमिस्वर ढकाल ले आफ्नो सम्बोधनमा लुम्बिनी प्रदेशमा खानेपानी र सरसफाइका क्षेत्रमा गरिएको विकास कार्यको प्रशंसा गर्नुभयो र सरकारको सहयोगसँगै संस्थाका सबै सदस्यहरूको सक्रिय सहभागितामा पानीको स्रोत र सरसफाइमा अझ प्रभावकारी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले ग्रामीण क्षेत्रका सबै उपभोक्ताहरूलाई नियमित पानीको आपूर्ति र सरसफाइ सेवामा प्रगति ल्याउन प्रदेश सरकार सधैं समर्पित रहेको समेत बताउनु भयो उहाँले सम्पूर्णलाई संम्बोधन गर्दै सरकारको अवधारण एक घर एक धारो को अवधारण संगै यसको अपुरो कार्य पुरा गर्नको लागि आर्थिक निकाल्नको लागि आफुले सक्दो पहल गर्ने बताउनु भयो।

खानेपानी डिभिजन कार्यालयका प्रमुख राज कुमार चौधरी ले संस्थाको गतिविधिहरूलाई सरकारले थप सहयोग र समन्वय गर्ने वचन दिनुभयो। उहाँले संस्थाले स्थानिय र समुदायस्तरमा गरेको सरसफाइ अभियानलाई थप सशक्त र व्यवस्थित बनाउन सरकारसँग मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो उहाँले कतिपय कुरा हामिले चाएर पनि नहुने र सरकारी निति अनुरुप कार्य गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा गौडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले पालिकाले गर्ने काममा कुनैपनि कसुर बाँकि नराख्ने र अति बिपन्न घर परिवारलाई टोल र वडाले सिफारिस गरेको आधारमा निशुल्क धारा जडान गर्ने प्रतिवध्वता समेत गर्नुभएको छ । पालिका भित्र बसोबास गर्नुहुने सम्पुर्ण का घरघर खानेपानी पुर्याउने समेत बताउनु भयो ।

कार्यक्रममा वडा नं. ९ का पुर्ववडाध्यक्ष टेक बहादुर बलाल, नेकपा माओवादी गौडहवा गाँउपालिकाका अध्यक्ष दान बहादुर घर्तिमगर सालघारी खानेपानीका सल्लाहकार चन्द्र प्रकाश घर्ति लगायतले यस संस्थाले गरेको कामको प्रसम्सा गर्दै आगामी दिनमा पनि यसरिनै अगाडि बढ्दै जान र जनगुनासोका आधारमा गरिमार्जित गर्दै जानुपर्ने सुझाब समेत दिनुभएको छ ।

कार्यक्रमको ससमापनको संगै संस्थाका कार्यवाहक अध्यक्षले संस्थामा सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको र यस साधारण सभाले आगामी वर्षहरूको योजनामा नयाँ दिशा दिने विश्वास व्यक्त गरिएको छ । कार्यक्रमको सँचालन समितीका सचिब चन्द्रप्रसाद गौचनले गर्नुभएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर