नेकपा एमाले सैनामैनाकाे दाेस्राे नगर अधिवेशन सम्पन्न,, अध्यक्षमा चेतनारायण न्याैपाने निर्वाचित
सैनामैना, कार्तिक ०८। नेकपा एमाले सैनामैना नगरकाे दाेस्राे अधिवेशन विहिवार सम्पन्न भएकाे छ । सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा चेतनारायण न्याैपाने (नारायण) निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्ष पदमा कल्पना कुँवर, सचिव पदमा चाम बहादुर क्षेत्री र उपसचिव पदमा मन्जु ज्ञवाली र नारायण थापा निर्वाचित भएका छन् । अधिवेशनबाट ५१ सदस्यीय कमिटी चएन गरेकाे हाे ।
अध्यक्ष पदका लागि नारायण न्याैपानेले १५५ मत, जिवनाथ पाण्डेले ८१ मत प्राप्त गरेकाछन् । उपाध्यक्ष कल्पना कुँवरले १३३, लेखनाथ खनालले ६८ मत र तिर्थ प्रसाद भुसालले २४ मत प्राप्त गरेकाछन् । त्यस्तै सचिव पदमा चाम बहादुर क्षेत्रीले १३७ मत र भिम खड्काले ८८ मत प्राप्त गरेकाछन् ।
त्यस्तै उपसचिव पदमा मन्जु ज्ञवालीले १५४ मत नारायण प्रसाद थापाले १४९ मत र कमला चाैधरीले ९७ मत प्राप्त गरेकाछन् ।
निर्वाचित पदाधिकारीले आगामी तीन वर्षसम्मका लागि नेतृत्व गरि काम गर्ने छन् ।
कमिटीमा ३३ प्रतिशत महिला, २० प्रतिशत युवा र बाकी अन्य सदस्यकाे सहभागिता गराईएकाे छ । २५१ कुल मत मध्य २४० मत खसेकाे थियाे ।१ मत बदर भएकाे थियाे ।
अधिवेशनकाे पार्टी केन्द्रीय सचिव लुम्बिनी प्रदेश इन्चार्ज तथा पूर्व मन्त्री पद्मा अर्यालले कार्तिक ७ गते कार्यक्रमकाे उद्घाटन गर्नु भएकाे थियाे ।