दाङमा राप्ती नदिमा नुहाउने क्रममा ३ बालिकाको नदिमा बगेर मृत्यु । अन्जु पाण्डे
लमही ,८ कार्तिक ।
बिहिवार दाङको लमही नगरपालिका / २ स्थित राप्ती नदिको रैनियापुर घाटमा नुहाउने क्रममा ३ बालिकाको नदीमा बगेर मृत्यु भएको छ ।वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरक्षक प्रकाश भुसालका अनुसार दिउँसो राप्ती नदिको रैनियापुर घाटमा नुहाउने क्रममा एकसाथ तीन जना नानीहरुले ज्यान गुमाउन परेको बताए । प्रहरी निरक्षक भुसालका अनुसार लमही नगरपालिका वडा नम्बर / २ कि रैनियापुरनिवासी सिताराम चौधरीकि बर्ष १२ कि झरना चौधरी ,सोही स्थानका सन्तराम चौधरीकि बर्ष१२ कि छोरी निशा चौ र गढवा घर भै लमही बस्दै आएका श्रीकान्त चौधरीकि बर्ष १२ कि छोरी कृष्टी चौधरी रहेको बताए ।बालिकाहरुको उद्दार गरि उपचारका लागि लमही अस्पतालमा पुराइएकोमा डाक्टरले मृत घोषणा गरेको भुसालले बताए ।मृत्युक तिनै जनाको शब लमही अस्पताल राखिएको पोस्टमाटम पछि आफन्तलाई जिम्मा लगाउने लमही नगरपालिका वडा नम्बर /का अध्यक्ष नेपालु चौधरीले बताए ।
दाङमा राप्ती नदिमा नुहाउने क्रममा ३ बालिकाको नदिमा बगेर मृत्यु
प्रतिक्रिया