spot_img

चाडपर्वमा हुन सक्‍ने समस्याबारे एमालेले गरायो कार्यबाहक प्रधानमन्त्रीको ध्यानाकर्षण

चाडपर्वमा हुन सक्‍ने समस्याबारे एमालेले गरायो कार्यबाहक प्रधानमन्त्रीको ध्यानाकर्षण

नेकपा (एमाले) ले चाडपर्व लक्षित सुरक्षाबारे सरकारलाई ध्यानाकर्षण गराएको छ । आज एमाले केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले सरकारलाई चार बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।

विभाग प्रमुख खिमलाल भट्टराई नेतृत्वको टोलीले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल सडकका खाल्डाखुल्डी पुर्न, धुलो नउड्ने बनाउन साँझ पानी छर्कने व्यवस्था गर्न एमालेले माग गरेको छ ।

यस्तै, कालोबजारी नियन्त्रणका निम्ति अनुगमन संयन्त्र परिचालन गरी शूपथ मूल्य पसलहरू सञ्चालन गर्न पनि एमालेले आग्रह गरेको हो ।

साथै चाडपर्वका समयमा हुनसक्ने अवाञ्छित क्रियाकलापहरू (अत्यधिक मदिरासेवन, जुवा तास, पटाका, आतिसवाजी) रोक्न स्थानीय प्रशासनहरूको प्रभावकारी परिचालन गर्न पनि सरकारलाई अनुरोध गरिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर