पार्टी पार्टीविचमा एकजुट हुन आवश्यक : अर्थ मन्त्री पौडेल
रुपन्देहीको शुद्धोधन ४ सौ,फर्साटिकर स्थित फर्साटिकर माध्यमिक विद्यालयको सिभिल इन्जिनियरिङ भवनको समुदघाटन कार्यक्रम एक समारोहबीच सोमबार सम्पन्न भएको छ।सो सिभिल इन्जिनियरिङ भवनको नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गर्नुभयो ।उद्घाटन कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले विद्यालयलाई नमुना बनाउनका लागि आवश्यक पर्ने बजेटको विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाले विद्यालयलाई आवश्यक पर्ने भवनको डिपिआर तयार पारी आवश्यक बजेटका लागि मन्त्रालयमा आउन आग्रह समेत गर्नुभयो।मन्त्री पौडेलले यस बिद्यालय लाई आवश्यक बजेट विनियोजन गर्न तैयार रहेको बताउदै।सामाजिक विकासका निम्ति पार्टी पार्टीविचमा एकजुट आवश्यक नभएको जिकिर गर्नुभयो । पौडेलले अहिले जटिल समयमा जनताको समस्या समाधान गर्नका लागि कांग्रेस ,एमालेको संयुक्त सरकार निर्माण भएको बताउदै सरकारको समीकरण आगामी ०८४ सालको निर्वाचन सम्म पुग्ने बताउनुभयो।शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले यस फर्साटिकर माविमा दक्ष जनशक्ति उत्पादनमा लागेको विद्यालयको भौतिक पूर्वाधार विकासमा नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गर्नुभएको सहयोग प्रशंसनीय रहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर घर्तीले विद्यालयको पुर्वाधार विकासका लागि विभिन्न समयमा योगदान गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दै विद्यालयलाई नमुना बनाउनका लागि अर्थमन्त्री,प्रदेश सांसद तथा पालिकालाइ आग्रह गर्नुभयो ।कार्यक्रममा निवर्तमान राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई,प्रदेश सांसद तुलसी प्रसाद चौधरी,जनप्रतिनिधि,विभिन्न राजनैतिक दलका प्रतिनिधि,शिक्षक,विद्यार्थी अभिभावकको उपस्तिथिमा सम्पन्न भएको कार्यक्रममा शुगापाका प्रवक्ता तथा वडा न.४ एंव सामाजिक विकास समितिका संयोजक केशवप्रसाद अधिकारीको स्वागतमा र बिद्यालयका शिक्षक लिलाधर न्यौपानेको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।