spot_img

श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरी हत्या गर्ने श्रीमान पक्राउ

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गर्ने पक्राउ

बलराम खनाल कपिलवस्तु – श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरी हत्या गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१ नौडाँडा घर भई हाल पोखरा महानगरपालिका–८ कुँवर टोलमा डेरामा बस्दै आएका ४२ वर्षीय जहरसिंह कुँवर छन्।

कास्की प्रहरीका अनुसार मङ्गलबार राति करिब १२ बजेर १० मिनेटको सयमा डेरामा सँगै रहेकी श्रीमती ४० वर्षीया राधिका कुँवरमाथि जहरसिंहले खुकुरी प्रहार गरेका थिए। सामान्य विवादकै क्रममा उनले श्रीमतीको घाँटी र पेटमा खुकुरी प्रहार गरेपछि राधिका गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको लागि तत्कालै पश्चिम क्षेत्रीय अस्पताल पोखरामा पठाइएको भए पनि चेकजाँचका क्रममा चिकित्सकले राधिकालाई मृत घोषणा गरेका थिए।

वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले जहरसिंहलाई खुकुरीसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। उनीहरूको सन्तानका रूपमा एक छोरा रहेको बुझिएको छ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर