spot_img

अर्घाखाँची हिलेखाेलामा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते

हिलेखाेलामा जिप दुर्घटना १ काे मृत्यु ९ घाइते
। अप्सरा भण्डारी सैनामैना
अर्घाखाँची शितगंगा नगरपालिका हिलेखोला नजिकै डवल क्याप जिप दुर्घटना हुदा एक जनाकाे मृत्यु भएको छ । यस्तै दुर्घटनामा ९ जना घाइते भएका छन । मृत्युु हुनेमा छ्त्रदेव ५ टुनिचौर ६५ का बर्षिष शिक्षक रामप्रसाद पन्थी रहेको प्रहरी जनाएको छ । अर्घाखाँचीकाे छत्रदेव गाउँपालिकावाट बुटवल जाँदै गरेकाे लु.१.ज ४७६३ नम्बरकाे डबल क्याप जिप आफै अनियन्त्रित भई सडकवाट करिव १ सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । गाडिमा चालक सहित १० जना सवार रहेका बताईएकाे छ । दुर्घटनामा परि छत्रदेव ५ का ४० बर्षिय चुरा बहादुर खत्री,बर्ष ४० की साबित्रा बि.क. साेहि स्थानकै २४ बर्षिय अनिता परीयार उनकाे २० महिनाको छाेरा प्रयन्स परीयार बर्ष  ४२ की गीता आचार्य  बर्ष १७ की दीक्षा पौडेल,बर्ष ४४ की कमला अधिकारी
बर्ष  ७ की अनुष्का पंथी र हालसम्म ठेगाना नखुलेको बर्ष  २६ की बिष्णु थापा घाइते भएका छन । घाइते अधिकाशंकाे टाउकाे,ढाड,कान र खुट्टामा चोट लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक हवल्दार यम बहादुर महतले जानकारी दिएका छन । घाइते सवैकाे ठाडामा सामान्य उपचार पछि बुटवल रिफर गरिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर