spot_img

सैनामैना वडा न ९ का वडा अध्यक्ष पाण्डेले आफ्नो सेवा  सुबिधा कटाएर  जनता लाई सेवा दिदै  सैनामैनाको नमुना वडा बन्दै 

सैनामैना वडा न ९ का वडा अध्यक्ष पाण्डेले आफ्नो सेवा  सुबिधा कटाएर  जनता लाई सेवा दिदै  सैनामैनाको नमुना वडा बन्दै

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ ले आफ्ना सेवाग्राहीका लागि निकै नमुनाको कार्य सुरु गरेको छ । उक्त नमुना कार्य वडाले यस अघि लिदै आएका विभिन्न सिफारिस निशुल्क प्रदान गर्न थालेको हो ।

यस वडाले आफ्ना सेवाग्राहीका लागि विभिन्न प्रकृतीका निवेदनहरु र वडा कार्यलय भित्र फोटो कपि निःशुल्क उपलव्ध गराएको छ । यस्तै निःशूलक रुपमै घटनादर्ता, जन्मदर्ता, मृत्युदर्ता लगायतका अनलाइन फारमहरु समेत निशुल्क रुपमा भरेको वडा कार्यलयले जनाएको छ । नाता प्रमाणित, जन्म शिफारिस (विदेशमा पढ्न जानेहरुका लागि) पनि अंग्रेजीमा सिफारिस वडामै गरिदिएर वडा अध्यक्ष भानु पाण्डेले जनताको मन जितेका छन् । अंग्रेजीमा सिफारिस भने अन्य वडाहमा बाहिरबाट गराएर ल्याउनुु पर्ने बाध्यता रहेको छ । यति सम्मकी यि सवै सुविधाहरु उपलव्ध गराउनका लागि वडाका जनप्रतिनिधिहरुले आफुले पाउदै आएको सेवा सुविधाबाट एक जना कर्मचारी राखेर जनतालाई सेवा उपलव्ध गराएको सम्भवत यो देशकै पहिलो नमुना वडा हो । यस कार्यले जनताको दैनिक जीवनलाई निकै नजिकबाट छोएको छ ।

घर नजिकको सरकारलाई स्थानियले महसुस गर्नुपर्छ : अध्यक्ष भानु पाण्डे
हामीले एउटा वडाले दिनुपर्ने न्युनतम सुविधा वडावासीलाई दिएका छौं । वडावासीबाट कर मात्र उठाउने र सेवा नदिदा उहाँहरुलाई पनि चित्त बुझदैन् । घर नजिकको सरकारलाई स्थानियले पनि महसुस गरेको हुनुपर्छ ।वडाले जेष्ठ नागरीक, अपाङ्गका लागि घरदैलोमै पुगेर नविकरण लगायतका अन्य सुविधाहरु दिने गरेको वडा सचिव कपिल पौडेलले जानकारी दिए । आफ्ना समस्या जनप्रतिनिधिहरुलाई निर्धक्कका साथ राख्ने, समस्या समाधानको लागि ताकेता गर्ने, घचघच्याउने वातावरण बनेको छ । स्थानीयका पीर, मर्का, गुनासो सुन्ने र संवाद गर्ने जवाफदेही संस्कार अभ्यास क्रमशःबलियो हुँदै गएको छ । समस्या परे जनप्रतिनिधिले सुन्छन् भन्ने आत्मविश्वास बढ्दै गएको छ। राज्यसञ्चालनको प्रक्रियामा जनताको सहभागिताको भावना बढाउँदै लगेको छ। स्थानीय तहको अभ्यासमा यो निकै सकारात्मक पक्ष रहेको छ।

रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ९ ले आफ्ना सेवाग्राहीका लागि निकै नमुनाको कार्य सुरु गरेको छ । उक्त नमुना कार्य वडाले यस अघि लिदै आएका विभिन्न सिफारिस निशुल्क प्रदान गर्न थालेको हो ।

यस वडाले आफ्ना सेवाग्राहीका लागि विभिन्न प्रकृतीका निवेदनहरु र वडा कार्यलय भित्र फोटो कपि निःशुल्क उपलव्ध गराएको छ । यस्तै निःशूलक रुपमै घटनादर्ता, जन्मदर्ता, मृत्युदर्ता लगायतका अनलाइन फारमहरु समेत निशुल्क रुपमा भरेको वडा कार्यलयले जनाएको छ । नाता प्रमाणित, जन्म शिफारिस (विदेशमा पढ्न जानेहरुका लागि) पनि अंग्रेजीमा सिफारिस वडामै गरिदिएर वडा अध्यक्ष भानु पाण्डेले जनताको मन जितेका छन् । अंग्रेजीमा सिफारिस भने अन्य वडाहमा बाहिरबाट गराएर ल्याउनुु पर्ने बाध्यता रहेको छ । यति सम्मकी यि सवै सुविधाहरु उपलव्ध गराउनका लागि वडाका जनप्रतिनिधिहरुले आफुले पाउदै आएको सेवा सुविधाबाट एक जना कर्मचारी राखेर जनतालाई सेवा उपलव्ध गराएको सम्भवत यो देशकै पहिलो नमुना वडा हो । यस कार्यले जनताको दैनिक जीवनलाई निकै नजिकबाट छोएको छ ।

घर नजिकको सरकारलाई स्थानियले महसुस गर्नुपर्छ : अध्यक्ष भानु पाण्डे
हामीले एउटा वडाले दिनुपर्ने न्युनतम सुविधा वडावासीलाई दिएका छौं । वडावासीबाट कर मात्र उठाउने र सेवा नदिदा उहाँहरुलाई पनि चित्त बुझदैन् । घर नजिकको सरकारलाई स्थानियले पनि महसुस गरेको हुनुपर्छ ।वडाले जेष्ठ नागरीक, अपाङ्गका लागि घरदैलोमै पुगेर नविकरण लगायतका अन्य सुविधाहरु दिने गरेको वडा सचिव कपिल पौडेलले जानकारी दिए । आफ्ना समस्या जनप्रतिनिधिहरुलाई निर्धक्कका साथ राख्ने, समस्या समाधानको लागि ताकेता गर्ने, घचघच्याउने वातावरण बनेको छ । स्थानीयका पीर, मर्का, गुनासो सुन्ने र संवाद गर्ने जवाफदेही संस्कार अभ्यास क्रमशःबलियो हुँदै गएको छ । समस्या परे जनप्रतिनिधिले सुन्छन् भन्ने आत्मविश्वास बढ्दै गएको छ। राज्यसञ्चालनको प्रक्रियामा जनताको सहभागिताको भावना बढाउँदै लगेको छ। स्थानीय तहको अभ्यासमा यो निकै सकारात्मक पक्ष रहेको छ। यो समाचार उज्यालो पोस्ट बाट सावर गरिएको हो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर