spot_img

सरकारको पुँजीगत रकम खर्च गर्ने क्षमता बढाउनु पर्छ : बिष्णु पौडेल

सरकारको पुँजीगत रकम खर्च गर्ने क्षमता बढाउनु पर्छ : बिष्णु पौडले

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको पुँजीगत रकम खर्च गर्ने क्षमता बढाउनु पर्ने बताएका छन्।
शुक्रबार नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले पुँजीगत खर्चको गुणात्मक वृद्धि नगरी विकास समृद्धिका कुरा गर्नुको कुनै अर्थ नहुने बताए। ‘पुँजीगत खर्च गर्ने सामर्थ्यलाई हामीले गुणात्मक रूपमा वृद्धि गर्नुपर्ने दायित्व छ’, पौडेलले भने।

सार्वजनिक ऋण लिने सन्दर्भमा होसियारी अपनाउनु पर्ने स्थिति आएको उल्लेख गर्दै पौडेलले भने कस्तो ऋण लिने, कस्तो ऋण नलिने र लिएको ऋणलाई कुन क्षेत्रमा कसरी खर्च गर्ने भन्ने कुरामा ध्यान दिनु पर्छ।

सरकारी वित्त अहिले दबाबको अवस्थामा रहेको बताउदै पौडेलले आफू मन्त्री भएदेखि भुक्तानीको लागि दबाब बढ्दै आएको जानकारी दिए। राज्यले भुक्तानी गर्नुपर्ने तर बजेटमा नसमेटिएका भुक्तानीको दायित्व समेत दिनानुदिन बढ्दै आएको पौडेलले बताए।

बजेट विनियोजन कौशलका हिसाबले नेपाल अति कमजोर देखिएको उनको भनाई छ। विना अध्ययनका, लागत अनुमान नगरिएका तथा प्रतिफलको सही अनुमान नगरिएका ११ हजार बढी योजना संघीय सरकारले सञ्चालन गर्नुपर्ने योजनाका रूपमा रहेका उनले जानकारी दिए। यसले बजेट निर्माणको प्रणाली भत्कँदै गएको बताउँदै पौडेलले यसबाट बलियो पूर्वाधार निर्माण प्रणालीमा पनि असर गर्ने उल्लेख गरे।

पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको महत्त्व बुझेको बताउदै सरकारले सरकार, निजी क्षत्र र सहकारीलाई एक साथ विकासको गतिमा अघि बढाउने उल्लेख गरे। ‘म उच्च स्वरले भन्छु सरकारले निजी क्षेत्रको महत्त्व बुझेको छ’, उनले भए।
निजी क्षेत्र र सरकार माग्ने र दिने भएर कुरा गर्ने होइन एउटै राउण्ड टेबुलमा बसेर कुरा गरेर काम गर्ने नीतिका साथ सरकार अघि बढेको पौडेलले स्पष्ट पारे। समस्या के हो र समाधान के हो भन्ने कुरा सबै बसेर खोज्नु पर्नेमा पौडेलले जोड दिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर