spot_img

गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टियो, १९ जना घाइते

चितवनमा गुडिरहेको बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टियो, १९ जना घाइते

चितवनको मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ । आज (शुक्रबार) दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।

आत्तिँदा बस अनियन्त्रित भएर पल्टिएको हो । बसमा सवार १९ जना यात्रु घाइते छन् । घाइतेको उद्धार गरी उपचारको लागि भरतपुरका विभिन्न अस्पताल ल्याइएको रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये ९ जनाको भरतपुर अस्पताल र १० जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको रिजालले बताउनुभयो । बसमा करिब ३०÷३५ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा परेको बसमा समेत क्षति पुगेको छ । बस दुर्घटनापछि केहिबेर सडक अवरूद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवन, जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट प्रहरीको टोली उद्धारमा खटिएको छ ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर