spot_img

तनहुँमा बस दुर्घटना १४ जनाको मृत्यु

तनहुँमा बस दुर्घटना १४ जनाको मृत्यु

तनहुको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफटी ७६२३ ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो।

उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।

उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर