spot_img

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाई बढी मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए दुई तिहाई बढी मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका छन्। आज मंगलबार बसेको प्रदेश सभाको चौथो अधिवेशनको २५औँ बैठकमा भएको मत विभाजनमा विश्वासको मतको पक्षमा दुई तिहाई भन्दा वढी ७० मत परेको हो।
मुख्यमन्त्रीमा लुम्बिनी प्रदेश सभाको बहुमत रहेको भन्दै मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा प्रदेश सभामुख सभामुख तुलाराम घर्तीमगरले गरेका थिए। ८७ प्रदेश सभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्नेमा मुख्यमन्त्रीले ७० मत पाएका हुन्।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर