spot_img

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक पुरूषको मृत्यु

अर्घाखाँचीमा पहिरोले गोठ पुरिँदा एक पुरूषको मृत्यु

अर्घाखाँची, ४ भदाै । अर्घाखाँचीको शितगंगा नगरपालिकाको भंङ्गलामा पहिरोले गोठ पुरिँदा गोठमा रहेका एक स्थानीयको मृत्यु भएको छ।

मंगलबार बिहान परेको अविरल वर्षाका कारण शितगंगा नगरपालिका वडा नम्बर-१३, सिमलपानीको भंङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिँदा ३५ वर्षीय विष्णु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

पहिरो खस्न थालेपछि पशुचौपाया फुकाउन गोठमा पसेका थापालाई पहिरोले च्याप्दा घटनास्थलमै थापाको मृत्यु भएको हो।
गोठमा थापासँगै एक भैँसीको पाडो र दुई बाख्रा समेत च्यापिएका घटनास्थलबाट वडा नम्बर १३ का सचिव रामु आचार्यले जानकारी दिए।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर