निश्चल ज्ञवाली । बुटवल
रुपन्देहीको नयाँगाउँ स्थित सिटि क्याम्पस बुटवलको अायोजनामा अाज अर्थात् साउन ३१ गते करियर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ । भर्खर प्लस टु उतिर्ण भएका विद्यार्थीहरुलाई लक्षित गरि अायोजना गरिएको उक्त कार्यक्रममा प्लस टु पछि के पढ्ने विषय भन्ने विषयमा केन्द्रित रहेको थियो ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका मानविकी तथा समाजशास्त्रका डिन डा. हरि चरण चक्षुले विद्यार्थीले अाफ्नो रुचि अनुसार विषय छानियो भने मात्र भविष्यमा सफल हुन सकिने बताउनुभयो । वहाँले भन्नुभयो ” भविष्य बिगार्ने वा बनाउने हजुरहरुको हातमा छ , अाशा छ यो कार्यक्रम पश्चात हजुरहरुलाई भविष्यमा के पढ्ने के पढ्ने भन्ने कुराको दुविधा हुने छैन ।”
कार्यक्रममा अतिथि एवं अधिवक्ताहरु बद्री गौतम, लाल बहादुर बस्नेत, डा.दिपक अाचार्य लगायतले बोल्दै प्लस टु पछि कानून पढ्दा राम्रो हुने सुझाव दिनुभएको हो । कानून हरेक व्यक्तिको दैनिक जीवनसँग जोडिने भएकोले यसको अध्ययन गर्दा समाजलाई र अाफूलाई चिन्न सकिने उल्लेख गर्नुभयो ।
“BTTM विषय उपत्यका भन्दा बाहिर पढाइ हुने एक मात्र क्याम्पस सिटि क्याम्प हो, यो विषय नेपालको पर्यटन व्यवसायसँग पनि जोडन पुग्छ त्यसैले यसमा भविष्य उज्ज्वल छ ।” सिटि क्याम्पस बुटवलका BTTM का प्रध्यापक अरुण सिंहले उल्लेख गर्नुभयो ।
कार्यक्रममा विश्वविद्यालयका प्राध्यापकहरु जे.बी क्षेत्री, हरि गैरेले करिअरको महत्त्वबारे बताउँदै विद्यार्थीहरुलाई प्रेरणा दिनुभएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापक एवं विद्यार्थी गरि करिब १०० भन्दा बढीको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एवं क्याम्पसका प्रमुख फडिन्द्र कुमार न्यौपानेले अाज अायोजना गरिएको कार्यक्रमले विद्यार्थीमा धेरै कुरा सिक्न मिलेको उल्लेख गर्दै यस्ता कार्यक्रम सदैव गर्दै जाने उल्लेख गर्नुभएको छ ।
कानूनका विद्यार्थी सिदार्थ कडेंलको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रम नमस्ते पार्टी प्यालेस बेलबासमा सम्पन्न भएको हो ।
लुम्बिनी बौद्ध विश्व विद्यालय सिटि क्याम्पस बुटवलमा ५ वर्ष बि.ए एल.एल.बी र ४ वर्षे बिटिटिएम विषयमा स्नातक तहमा नयाँ भर्ना खुलेको छ, जसलाई लक्षित गरि क्याम्पसले करिअर काउन्सिलिङ कार्यक्रम गर्दै अाएको छ ।