रुपन्देहीको कञ्चनमा वडा न १ मा किशोरीले झुण्डिएर आत्महत्या गरेकि छन। स्थानीय जनज्योति माद्यमिक बिद्यालयबाट एस ई ईको पुरक परीिक्षा दिई नतीजाको पर्खाईमा बसेकी १८ बर्षिय किशोरीले आत्महत्या गरेकी हुन।
प्रहरीका अनुसार आत्महत्या गर्नेमा कन्चन गाउँपालिका वडा न १ कुचेराकी १८ वर्षकि बिनिता बि.क. रहेकि छन। करिब दिउस ३:३० बजेको समयमा मृतककी आमाले आफ्नै घरमा एक्कासी झुण्डिएको अवस्थामा देखेपछि घाँटीमा लगाएको डोरिको पासो काटिदिएको त्यसपछि स्थानीयले प्रहरीलाई जानकरी दिएको ईलाका प्रहरी कार्यलय रुद्रपुरले जनाएको छ।
मृतक बि.क.को शब पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएको प्रहरीले जनाएको छ। किशोरीले के कति कारणले आत्महत्या गरेकी हुन भन्नेबारे अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।
झुन्डिएको अबस्थामा आमाले डोरि काटेको र १८ वर्षककि युवतीले के कति कारणले झुन्डिएर आत्मा हत्या गरिन त्यस बिसयमा अनुसन्धान भैरहेको प्रहरी भनाइ रहेको छ ।
उनको घरमा बुबा चुरामणी बिक बिदेश आमा र एक भाइ रहेका छन दिदि भारतमा रहेको बताईएको छ ।