साउन ३१ र ३२ गते लुम्बिनी केबलकार सेवा बन्द हुने
बुटवल साउन ३०
साउन ३१ र ३२ गते लुम्बिनी केबलकारको सेवा बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत संभारको लागि २ दिन सेवा बन्द हुने तथा शनिवार भाद्र १ गतेदेखि नियमित सेवा सुचारु हुने केबलकार लिमिटेडले जनाएको छ ।
युरोपियन टेक्नोलोजि अन्तरगत एक संय वर्ष भन्दा पुरानो विश्वविख्यात डोपलमायर कम्पनी जसले हाल सम्म विश्वभर १५ हजार भन्दा बढी केबलकार निर्माण गरिसकेको र पछिल्लो अत्याधुनिक प्रविधि बाट लुम्बिनी केबलकारको निर्माण गरेको हो । डोपलमायर कम्पनीको प्रोटोकल अनुसार हरेक ४–४ महिनामा २ दिन केवलकार सेवा पूर्णरुपमा बन्द गरेर बटम, टप स्टेशन एवं केबलकारका सबै टावर र यात्रु ओहोरदोहोर गर्ने केवलकार (गण्डोला) समेत पूर्ण रुपमा स्क्यान गरी चेक जाँच गर्नुपर्ने भएकोले सोही प्रोटोकल बमोजिम दुई दिन सर्ट डाउन गरेर काम गरिने वरिष्ठ इन्जिनियर केबलकार विज्ञ समेत रहनु भएका अपरेशन म्यानेजर डिएन कायस्थले बताउनु भयो ।
लुम्बिनी केबलकारको रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं.–३ मा बटम स्टेशन र पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नं.–३ पाल्पा बशन्तपुरमा टप स्टेशन रहेको छ । लुम्बिनी केबलकारका ९ वटा टावर रहेको छन् भने २५ वटा केबलकार रहेका छन् । दैनिक ६ हजार यात्रीहरुलाई ओहोर दोहोर गराउन सक्ने क्षमता रहेको लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ ।