प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन आह्वान गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले आइतबार आवेदन माग गरेको हो ।
सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ बमोजिम लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन माग गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पदका लागि नेपाली नागरिक भएको हुनुपर्नेछ भने शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ वा विकाससम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्छ ।
त्यस्तै परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र वा औद्यौगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने पनि सूचनामा उल्लेख छ। त्यस्तै निवेदन दिने अन्तिम मितिसम्ममा पैंतीस वर्ष उमेर पूरा भएको र पैसठ्ठी वर्ष ननाघेको हुनुपर्ने छ ।
त्यस्तै आवेदकले नेपालमा लगानीको अवस्था र सम्भाव्यताको विश्लेषणसहित विद्यमान कार्यसम्पादनको अवस्था लगानी बोर्डको सबल एवम् दुर्बल पक्ष तथा अवसर र चुनौतीको विश्लेषण र भावी रणनीतिक योजनाु विषयमा ५ हजार शब्दसम्मको नेपाली भाषामा तयार गरिएको रणनीति र कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।
प्रमुख कार्यकारी अधिकृत पदका लागि निवेदन आह्वान
प्रतिक्रिया