spot_img

कला संस्कृति संरक्षण विश्व हिन्दु महासंघ रुपन्देही समिति गठन

कला संस्कृति संरक्षण विश्व हिन्दु महासंघ रुपन्देही समिति गठन
शंकर भण्डारी
विश्व हिन्दु महासंघ नेपाल अन्तरगत कला तथा संस्कृति संरक्षण जिल्ला समिति रुपन्देही गठन भएको छ । रुपन्देहीको सैनामैना बोलबम धाममा सम्पन्न भएको रुपन्देही जिल्ला स्तरीय बृहत भेलाले रामप्रसाद पाण्डेको अध्यक्षतामा १५ सदस्यीय विश्व हिन्दु महासंघ रुपन्देही कला तथा संस्कृति संरक्षण समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा गीता अधिकारी, सचिब मञ्जु भट्टराई कोषाध्यक्ष कबिता पौडेल रहनु भएको छ ।
यसै गरी सदस्यहरुमा पत्रकार दिनेश घिमिरे, समाजसेवी तथा धर्मप्रेमी चुरा बहादुर खत्री, भगवति निरौला, सिर्जना सोनी, सञ्जु सिन्से, नारायण रेग्मी, मञ्जु वस्याल, कमला रेग्मी, उषा घर्तिमगर, सीता खनाल, यम कुमारी भुसाल, खेम कुमारी देवकोटा रहनु भएको छ ।
बृहत भेला विश्व हिन्दु महासंघ लुम्बिनी प्रदेशका कला तथा संस्कृति संरक्षक समितिका अध्यक्ष जय प्रकाश उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

spot_img

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर